बालबालिकामा एचआईभी संक्रमण बढ्दो,बर्दघाटमा सबै भन्दा धेरै संक्रमित

 

नवलपरासी

पश्चिम नवलपरासीमा बालबालिकामा पनि एचाआईभि संक्रमण बढ्दै गएको छ । पृथ्वी चन्द्र जिल्ला अस्पताल परासीमा रहेको ए.आर.टी सेन्टरको तथ्याङ्क अनुसार अहिले २० जना बालबालिकामा एचआईभि संक्रमण भएको छ । जसमा ६ जना बालिका र बालक १४ जना रहेका छन् ।

सबै १५ वर्ष मुनिका बालबालिका रहेको एआरटी सेन्टरले जनाएको छ । संक्रमित बाबुआमा बाट जन्मिएको सन्तानमा पनि संक्रमणको जोखिम हुने गर्दछ । सेन्टरकै तथ्याङ्क अनुसार जिल्लामा एचआईभि संक्रमितको संख्या भने घट्दो देखिएको छ । आर्थिक वर्ष २०७९।०८० मा ३४ जना नयाँ एचआईभि संक्रमित थपिएकोमा गत आर्थिक वर्ष २०८०।०८१ म १९ जना संक्रमित थपिएका छन् ।
यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा कम भएपनि पहिचान र परिक्षण कम हुनुले पनि संक्रमितको संख्या कम देखिएको हुन सक्ने स्वास्थ्यकर्मिहरुको भनाई छ ।

चालु आर्थिक वर्षको तिन महिनामा ६ जना नयाँ संक्रमित थपिएका छन् । जसमा चार जना पुरुष र दुई जना महिला रहेको ए.आर.टी सेन्टरका काउन्सिलर दिपेन्द्र ठाकुरले जानकारी दिनु भयो ।
अस्पतालमा ए.आर.टी सेवा २०७० बाट सुरु भएको ११ वर्ष अवधिमा हाल सम्म पृथ्वीचन्द्र अस्पतालमा ४ सय ८५ जना एचआइभी संक्रमित सम्र्पकमा आएका छन् ।

ति मध्ये अहिले ३ सय ३८ जनाले अस्पतालबाट निरन्तर रुपमा औषधि सहितको परार्मश सेवा लिईरहेको ठाकुरले बताउनुभयो । १ सय ४० महिला र १ सय ६४ जना पुरुष रहेका छन भने १४ जना अन्य छन् । नवलपरासीका जिल्ला बाहिरका २१ जना , भारतबाट ७१ जनाले ए.आर.टी सेन्टरको सेवा लिईरहेको पनि पाईएको छ ।
तर नियमित औषधि सेवन गरिरहेका २२ जना संक्रमित भने सम्र्पकविहिन भएको सेन्टरले नजाएको छ ।

उनिहरु सम्र्पकमै आउन नचाहेको र कतिपयको अवस्था बारे जानकारी नभएको अस्पताल स्रोतको भनाई छ । सेन्टरका काउन्सिलर ठाकुरका अनुसार एचआइभी संक्रमण रोक्न सहयोगी संघसंस्थाहरु मार्फत सचेतनाका कार्यक्रम भईरहेका छन् ।

यसैगरी जिल्लामा सशक्तिकरण नेपाल ,सहभागी ,आस्था, किड्स, लुम्बिनी प्लस, लगायत संघसंस्थाहरूले यस सम्बन्धी खोज तथा परामर्शको काम गरिरहेका उहाँले बताउनुभयो ।
जिल्लाका सात पालिका मध्ये बर्दघाटमा सबैभन्दा धेरै ६६ जना संक्रमित छन् । यस्तै रामग्राममा ४६, सुनवलमा ३९, पाल्हीनन्दनमा २७, प्रतापुरमा २३,सुस्ताममा २६ र सरावलमा सबै भन्दा कम १६ जना संक्रमित रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस