नवलपरासी /पश्चिम्
अति विषालु र दुर्लभ मानिने किङ कोब्रा र रुसेल्स भाइपर सर्पहरु पश्चिम नवलपरासीमा देखिन थालेका छन ।
बिषालु सर्पहरु देखिने क्रम बढेस“गै अहिले नेपाल र भारतका सर्प उद्धार कर्मीहरुले बर्दघाट नगरक्षेत्रमा किङ कोब्राको प्रर्दशन गर्दै जनचेतना दिन शुरु गरेका छन ।
भारत यूपिको जोनपुरबाट आएका सर्प उद्धार कर्ता मुरलीवाला हौषला,बारा जितपुरका दिपक नेपाल र पश्चिम नवलपरासीका दुर्गा लामिछाने सहितको टोलिले सर्पका वारेमा जनचेतना जागृत गर्ने काम गरीरहेका छन ।
अति विषालु र दुर्लभ रुपमा देखापर्ने किङ कोब्रा सर्प पश्चिम नवलपरासीमा देखा पर्न थालेपछि स्थानिय नागरीकहरुलाई जनचेतना जागृत गर्ने काम गरीएको छ ।
केहिदिन अघि बर्दघाट नगरपालिकाका सर्प उद्धार कर्मी दुर्गा लामिछानेले सुनिता पौडेलको गोठबाट किङ कोब्रा सर्प उद्धारगरेको खवर पाएसगै भारत उत्तर प्रदेश जोनपुरबाट आएका सर्प उद्धार कर्ता मुरलीवाला हौशला ले बर्दघाट नगरको बिभिन्न स्थानमा किङ कोब्रा देखाउदै जनचेतना जागृत गर्ने काम गरेका छन ।
जनचेतना जागृत गर्नेकार्यमा बारा जितपुरका सर्प उद्धारकर्ता दिपक नेपाल र पश्चिम नवलपरासीका दुर्गा लामिछाने , स्थानिय युवाहरु सन्तोष गुरुङ ,चित्र बहादुर बर्मा सहितका युवाहरू पनि सक्रिय रहेका छन ।
सामान्यतया गोमन र करेत सर्प ठाउ“–ठाउ“मा भिटिए पनि रुसेल्स भाइपर , किङ कोब्रा र कोरला स्नेक जातको सर्प अति विषालु हुने र दुर्लभ रुपमा देखापर्ने सर्पउद्धार कर्मी दिपक नेपालको भनाई रहेको छ।
बर्दघाट नगरक्षेत्रमा मात्र गएको तिन महिनामा १ सय २९ वटा बिभिन्न जातका सर्पहरु समातेका दुर्गा लामिछानेले ६ वटा रुसेल्स भाइपर र २ वटा किङ कोब्रा समाति सकेका छन ।
पूर्वपश्चिम राजमार्ग निमार्णको काम भैरहदा भाईव्रेसनका कारणले जमिन मुनिका सर्पहरु वाहिर बढी आएको हुन सक्ने मान सहित नगरवासीहरुको सुरक्षाका लागि बर्दघाट नगरपालिकाले सवारी चालक दुर्गा लामिछानेलाई सर्पउद्धार कर्मीका रुपमा विपद ब्यवस्थापनमा खटाएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।