जनस्वास्थ्य माथी गम्भिर खेलबाड :अमृतम स्विट्सका मिठाईमा किरा र ढुसी

  • hamroaakha
  • / खाना /
  • २०८१ आश्विन १६, बुधबार (११ महिना अघि)
  • १८५ पटक पढिएको

परासी ।पश्चिम नवलपरासीमा एक मिष्ठन भण्डारमा मिठाईमा किरा र ढुसी परेको भेटिएको छ । संयुक्त बजार अनुगमन समिती नवलपरासीले परासी सदरमुकाम रहेका मिष्ठान भण्डारमा अनुगमनका क्रममा एक मिष्ठन भण्डारमा मिठाई मा किरा र ढुसी परेको भेटिएको हो ।

अनुगमनको क्रममा परासी सदरमुकाम स्थित रामग्राम नगरपालिकाको वडान ३ मा अवस्थित रहेको अमृत्तम स्वीटस्मा मिठाईमा किरा र ढुसी परेको पाईएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । उहाका अनुसार अमृत स्वीटस्मा सेतो रसबरी र मिठाईमा  किरा र ढुसी फेला परेको हो। पानिरमा समेत ढुसी परेको भेटिएको भैरहवाका खाद्य निरीक्षक दिपक यादवले बताउनुभयो ।

पसलबाट ३५ बोत्तल मिति गुज्रिएको पेयपदार्थ भेटिएको छ ।११ हजार बराबराको मिठाई र पेयपदार्थ नष्ट गरिएको बताईएको छ। चाडपर्व नजिकिए सगै हुन सक्ने कालो बजारी र म्याद ग्रुजेको सामान बिक्री बितरण भैरहेको जनगुनासो आएपछि संयुक्त बजार अनुगमन समितीले बजार अनुगमन गर्न सुरु गरेको छ । परासी सदरमुका परासीमा रहेका ६ वटा मिष्ठान भण्डार अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका मनोज चौधरीले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस