अस्पतालको एक्सरे मेसिन मर्मतमा सप्लायर्स कम्पनीको बेईमानी !

  • hamroaakha
  • / स्वास्थ्य /
  • २०८१ आश्विन ४, शुक्रबार (६ महिना अघि)
  • १५० पटक पढिएको

नवलपरासी,पश्चिम्

अस्पतालमा सप्लायर्स ले उपलब्ध गराएको एक्सरे मेसिन मर्मत गर्न सप्लायर्सको गैरजिम्मेवारीपनाका कारण अस्पतालको एक्सरे सेवा प्रभावित बनेको छ ।

नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. २ मा रहेको चिसापानी अस्पतालमा एक्सरे मेसिन बिग्रिएर काठमाडौ पुर्याईएपनी मेसिन मर्मतमा कम्पनीले आलटाल गरेको अस्पतालले जनाएको छ ।

२०७९ चैत्र १७ गते फुजि कम्पनीको बुटवलमा रहेको सप्लायर्स डिलर एचाअर मेडिको कन्सर्न प्राली बाट १९ लाख १६ हजार ४ सय ६० रुपैयाँमा एक्स रे मेसिन खरिद गरिएको थियो ।

१ बर्षको वारेन्टी रहेको कोरियन कम्पनीको डिआर मेसिन विग्रीएको २४ घण्टामा मर्मत सुरु गर्ने अस्पताल सगको लिखित प्रतिबद्धता समेत कम्पनीले लत्याउदै आएको छ ।एक्सरेजस्तो संबेदनसिल उपकरणमा सप्लायर्स कम्पनीले लापरबाही गर्दा आम नागरिकलाई सेवा लिन असहज भएको छ ।

एक्सरे मेसिन उक्त सप्लायर्स सग खरिद गरिएपछी अस्पतालका अन्य उपकरण समेत सोही कम्पनी बाट खरिद हुने आशामा कम्पनी रहेको थियो ।पछि ल्याबका उपकरण तथा अन्य सामाग्रीमा अस्पतालले ई टेन्डर मार्फ कोटेसन माग गरेपछी बुटवलमा रहेको एचाअर मिडिको कर्सर्न सप्लायर्स छनोट नहुँदा एक्सरे मर्मतमा सप्लायर्सले कुनै चासो नदिएको अस्पतालका सूचना अधिकारी रमेश न्यौपानेले बताउनु भयो ।

“मेयर साब सगै हामिले एक्सरे मेसिन मर्मतका लागि मेन डिलर काठमाडौनै पुर्यायौ तर बुटवलको सप्लायर्सकै कुरा सुनेर मेन डिलरले पनि मर्मतमा कुनै चासो दिएन,मेयरसाबले पटक पटक आग्रह गर्दा पनि डिलरले अनेकौ बहाना बनाएर पन्छिन खोज्यो “न्यौपानेले भन्नु भयो ।

अस्पतालका गुणस्तर सुधार समितिका संयोजक यम बहादुर थापाका अनुसार मेसिन बेच्ने समयमा गरिएको लिखित प्रतिबद्धता लाई लत्याउदै कम्पनीले अत्यन्तै गैरजिम्मेवार व्यवहार प्रस्तुत गरेको बताउनु भयो ।

“मेसिन खरिदपछि सञ्चालन गर्दा आवश्यक पर्ने थप सामग्री टेण्डर प्रक्रियाबाट अर्कै कम्पनीलाई परेपछि रुस्ट वितरकका कर्मचारीले थप नाफा नहुने देखेपछि चासो नदिएको उहाँले दावि गर्नु भयो।

“सप्लिमेन्ट्री सामग्रीबाट नाफा कमाउने सोचले उद्द्त यस्ता कम्पनीलाई कस्ले कारबाही गर्ने? यिनिहरुलाई चरम नाफा बाहेक नागरिकको स्वास्थ्यको के मतलब !राज्यले यस्ता सप्लायर्सलाई कानुनि दायरामा ल्याउनु पर्छ”थापाले भन्नुभयो ।अहिले अर्को मेनुअल एक्सरे बाट सेवा दिईदै आईएको थापाले बताउनु भयो ।

काठमाडौ सम्म पनि मेसिन पुर्याउदा समेत कम्पनीले कुनै चासो नदिएको थापाको भनाई छ ।”अब तत्काललै अर्को मेसिन किन्न हतारियौ भने फेरि यस्ता समस्या आयो भने झन सेवा प्रभावित हुन्छ,हतारिएर भन्दा बुझेर यसैलाई बनाउने या नयाँ खरिद गर्ने नगरपालिका सग सल्लाह गर्दै छौ, “थापाले भन्नू भयो ।

“नेपालको स्वास्थ्य क्षेत्र यसै छोईनसक्नु भएको होईन ,यो सेवा भन्दा पनि व्यापार भएको छ”थापाले आक्रोश पोख्नु भयो ।

यता मेसिन विक्रेता कम्पनि एचआर मेडिको कन्सर्न प्रा.लि.का सञ्चालक राजिव गौतम भने मेसिन विग्रिएको आधिकारिक जानकारी नआएको भन्दै जिम्मेवारी बाट पन्छिन खोजेको देखियो ।अस्पताले ई-टेण्डर मार्फत उपलब्ध गराएको सम्लिमेन्ट्री सप्लायर्सले नै अब एक्सरे मेसिन मर्मत गर्नु पर्ने गौतमको आशय छ ।”मैले एक्सरे मेसिनको फिल्मका लागि सप्लायर्सको छुट्टै टेन्डर खोलिदिनु भने उहाँहरुले अरु समान खरिदको पनि सगै टेन्डर निकाली दिनुभयो,मेसिन बनाउन कम्पनीले हामिलाई अथोराईज दिएको छैन”गौतमले भन्नू भयो ।

केवल नाफा भन्दा अरु कुनै जिम्मेवारी बहन नगर्ने यस्ता कम्पनी बिरुद्ध कानुनी कारबाही हुनुपर्ने अस्पतालका गुणस्तर समिती संयोजक थापाको भनाई छ ।डिजिटल प्रविधिको एक्सरे सेवा नहुँदा सेवामा कठिनाई भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा सेवा लिन आउने बिरामिहरुले नगरपालिकाले तत्काल मर्मत गरेर वा अन्य कुनै माध्यमबाट एक्सरे मेसिनको यथासक्य ब्य्वस्थापन गर्नु पर्ने बताउँदै आएका छ्न ।

ताजा अपडेट

खोजी गर्नुहोस