नवलपरासी,पश्चिम्
सुनवल नगरपालिकाले पाेशाक बितरण तथा अन्तक्रिया कार्यक्रम कार्यक्रम गरेकाे छ । संविधान दिवस को अवसरमा सामाजिक सेवामुखी काम गरेको छ ।
नगरपालिकाले सुनवल १३ मा अवस्थित भुमहिमा रहेकाे पबित्र वृद्धाश्रम र सुनवन १ मा रहेकाे लुम्बिनी माविका अशक्त बालबालिकाहरूलाई पाेशाक बितरण गरिएकाे सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्यालले जानकारी दिनुभयो ।
“हामिले अरु बेला पनि सामाजिक काम गर्दै आईरहेका छौ,सबै नागरिकको अधिकार संबिधानले प्रदत्त गरेको छ,समाजसेवाले आफुलाई खुसी त मिल्छ नै आफ्नो सानो प्रयासले पनि अरुको जिवनमा ठूलो खुसी ल्याउन सक्छ”नगरप्रमुख अर्यालले भन्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख भगवती प्रसाद (रूदल) यादव तथा सुनवल नगरपालिकाकी नगरप्रमुख अर्यालले संयुक्तरूपमा पबित्र वृद्धश्रम र लुम्बिनी माविका बिशेष बालबालिकाहरूलाई पाेशाक बितरण गर्नुभएको हो ।
लुम्बिनी माविका अध्यनरत १३ जना बिधार्थी बालबालिकालाई पाेशाक न्यानाे कपडा र पबित्र वृद्धाश्रमका ३ जना वृद्वालाई पाेशाक वितरण गरिएको थियो ।
सहिद विष्णु पाण्डे धर्मपत्नी भागिरथि पाण्डेले संबिधानले जुन गाति जानू पर्ने नगएको र सहिदहरूकाे बालिदान कदर नभएकाे गुनासो गर्नुभयो ।