चौतर्फि बिरोधपछि लुम्बिनीका मन्त्री कुर्मीद्धारा राजिनमा

  • hamroaakha
  • / लुम्बिनी /
  • २०८१ भाद्र २६, बुधबार (७ महिना अघि)
  • ८६ पटक पढिएको

अपहरण तथा शरीर बन्धक र ठगीसहित विभिन्न पाँच वटा कसुरमा मुद्दा चलाउनुपर्ने भनी प्रहरीको अनुसन्धान प्रतिवेदनले किटान गरे पनि बेवास्ता गर्दै लुम्बिनीमा मन्त्री बनाइएका बादशाह कुर्मीले राजीनामा दिएका छन् । जघन्य अपराध अभियोगमा मुद्दा चलाउन अनुसन्धान समितिले प्रतिवेदन दिए पनि यसलाई बेवास्ता गरेर कांग्रेस–एमाले सत्ता गठबन्धनले कुर्मीलाई लुम्बिनीमा वन तथा वातावरणमन्त्री बनाएको थियो ।

कुर्मी मन्त्री बनेलगत्तै जनस्तरबाटै विरोध भए पनि सत्ता गठबन्धनले बेवास्ता गर्दै आएको थियो । कुर्मीलाई अनुसन्धानको दायरामा ल्याउनुको साटो मन्त्री बनाएको विषयमा विरोध नरोकिएपछि कुर्मी मंगलबार पदबाट राजीनामा दिन बाध्य भएका हुन् ।

 

बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु, मृत्यु भएको भनी बनाइएका शंकास्पद कागजात, निर्मलाको सम्पत्ति हडपिएको लगायत प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेका बेला पछिल्लो पटक कांग्रेस–एमाले गठबन्धनबाट लुम्बिनीमा मुख्यमन्त्री बनेका चेतनारायण आचार्यले कुर्मीलाई वन तथा वातावरणमन्त्री बनाएका थिए ।

साउन ९ मा बिनाविभागीयमन्त्री बनाइएकामा नौं दिनपछि वन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली चौधरीका अनुसार कुर्मीर्ले मंगलबार राजीनामा दिएका हुन् । मुख्यमन्त्री आचार्यले कुर्मीको राजीनामा आएको र बुधबार राजीनामा स्वीकृत गरिने बताए ।

निर्मला कुर्मीको न्यायका लागि निरन्तर आन्दोलन गर्दै आएकी अधिकारकर्मी रुवी खानले बादशाहले राजीनामा दिएर मात्रै नपुग्ने र उनीविरुद्धको मुद्दा अदालत नपुगेसम्म आन्दोलन जारी रहने बताइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस