बिपि जयन्तीमा काङ्ग्रेसमा योगदान पुर्याएका वृद्ध दम्पतिलाई सम्मान

  • hamroaakha
  • / समाज /
  • २०८१ भाद्र २४, सोमबार (७ महिना अघि)
  • १८४ पटक पढिएको

 

नवलपरासी-बर्दघाट

बिपि जयन्तीका अवसरमा नेपाली काङ्ग्रेसमा विशेष योगदान पुर्याउनु भएका एक वृद्ध दम्पतीलाई सम्मान गरिएको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर १६ निवासी भिमबहादुर गुरुङ र उहाकि धर्मपत्नी भविकला गुरुङलाई दोसल्ला ओढाई सम्मान गरिएको हो ।नगरप्रमुख शम्भुलाल श्रेष्ठले गुरुङ दम्पतीलाई उहाँ कै घरमा पुगेर दोसल्ला ओढाई सम्मान गर्नु भएको हो ।

श्रेष्ठ सहित नेपाली काङ्ग्रेस बर्दघाट नगर सभापती दामोदर जिसि ,वडा नम्बर १६ का अध्यक्ष भिमकाजी गुरुङ,वडा अध्यक्ष बिमला गुरुङ,ध्रुवराज जमरकट्टेल लगायत नेपाली काङ्ग्रेसका स्थानीय नेतृत्व उहाँको घरमै पुगेर सम्मान गरिएको नगर सभापति दामोदर जिसिले जानकारी दिनुभयो ।

“पन्चायत कालदेखि नै परिवर्तनका लागि उहाको नेपाली काङ्ग्रेसमा देन रहेको ईतिहास हामिले थाया पायौ,उहाँको योगदानको कदर स्वरुप बिपि जयन्तीका अवसरमा सम्झिएका हौ,यधपी सबै जेष्ठ नागरिक समाजका सम्मानित पात्र हुन”नगरप्रमुख श्रेष्ठले भन्नू भयो ।

२००६ सालमा कास्कीको ठूलो स्वाँरामा जन्मनु भएका भिमबहादुर गुरुङ २०३५ सालमा नवलपरासी बसाई सर्नु भएको उहाका सुपुत्र ईन्द्र गुरुङले बताउनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस