नवलपरासी कारागारका ५६ कैदीबन्दी फर्के,अरु पनि सम्पर्कमा आउँदै 

६ जना सुरक्षा कर्मीलाई नियन्त्रणमा लिएर भागेका थिए
नवलपरासी,पश्चिम् । जेनजी आन्दोलनका दिन नवलपरासी कारागार बाट भागेका ५६ जना कैदी बन्दीहरु कारागार फर्किएका छ्न ।अरु कैदीहरु पनि फर्किने तयारीमा छन भने केही कैदि हरु फर्किने तयारीमा रहेको उनिहरुले कारागार कार्यालयलाई सम्पर्क गरि जानकारी गराएका छ्न ।
कारागारमा पुरुष ४ सय ८८ जना र ८७ महिला गरि र ५७६ कैदी बन्दी रहेका थिए ।उक्त दिन ४४० जना पुरुष कैदी भागेकोमा १८  जना पुरुष कैदी बन्दी र ८७ महिला कैदि बन्दिमा ७३ जना भागेर  १४ जना मात्रै बसेका थिए भने पुरुष र महिला कैदि बन्दी गरी ३२ जना मात्रै  कारागारमा बसेको प्रमुख बिकल श्रेष्ठले जानकारी दिनुभयो ।
भागेका बन्दीहरु मध्ये ५ जना महिला र ५१ जना पुरुष गरी हालसम्म ५६ जना कैदि बन्दी कारागार फर्किएको श्रेष्ठले बताउनु भयो ।”अहिले सम्म ५६ जना फर्किएका छन,अरुले पनि आउँदै छौ भनेर सम्पर्क गरिरहनु भएको छ,गाडी नचलेर पनि होला,हेरौ अब अहिले सम्म आउनु हुन्छ”श्रेष्ठले भन्नू भयो ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीले भागेका कैदीबन्दिहरुलाई प्रशासनको सम्पर्कमा आउन सूचना जारी गरेको छ ।कैदीबन्दीहरुले कारागारमा आगजनी र सुरक्षार्थ खटिएकामध्ये ४ सशस्त्र र २ नेपाल प्रहरीका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिई कारागार कब्जामा लिएर बाहिर निस्केका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस