लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख खाँ को निधन

बुटवल । लुम्बिनी साँस्कृतिक नगरपालिकाको नगर प्रमुख सजरुद्दिन मुसलमानको मृत्यु भएको छ । लामो समय देखि मुटु रोग बिरामी रहेका मुलसमानको शनिबार बिहान ह्ृदयघातकै कारण मृत्यु भएको पारिवारीक श्रोतले जनाएको छ ।

उनलाई शनिबार विहान ५ बजे ह्ृदयघात भएपछि घरमै मृत्यु भएको पारिवारीक श्रोतले जनाएका छन् । उनको शवलाई पराम्परा अनुसार साँझ ५ बजे स्थानिय कब्रिस्तानमा अन्त्येष्टि गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछाननेले जानकारी दिए ।

खाँन नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकामा निर्वाचित भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस