सार्वजनिक यातायात अनिश्चितकालीन बन्द

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८२ भाद्र २३, मंगलबार (६ दिन अघि)
  • ६६ पटक पढिएको

काठमाडौ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आजदेखि देशव्यापी रूपमा सार्वजनिक तथा मालवाहक यातायात सेवा अनिश्चितकालीन रूपमा बन्द गर्ने घोषणा गरेको छ ।

महासङ्घले ‘जेनजी’ समूहले हिजो आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गर्दै असहज परिस्थिति सिर्जना गरेको भन्दै शान्ति–सुरक्षाको विश्वसनीय प्रत्याभूति नहुँदासम्म यातायात सञ्चालन नगर्ने निर्णय लिएको हो ।

यस सम्बन्धमा महासङ्घले विज्ञप्ति जारी गर्दै आफ्ना सम्पूर्ण सदस्य सङ्घ, समिति, कम्पनी तथा प्रालिलाई यात्रुवाहक र मालवाहक गाडी सञ्चालन नगर्न तथा नगराउन आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष विजय स्वारद्वारा जारी विज्ञप्तिमा सरकारी दमनका कारण १९ जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरिएको छ। साथै घाइतेहरूको उपचारमा महासङ्घका सदस्यलाई सक्दो सहयोग गर्न पनि आग्रह गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस