गणित शिक्षकलाई तालिम :अध्यापनलाई प्रविधि सँग जोडेर सिकाईलाई सरल बनाईनु पर्नेमा जोड

  • hamroaakha
  • / शिक्षा /
  • २०८२ भाद्र १६, मंगलबार (१ हप्ता अघि)
  • १३४ पटक पढिएको

नवलपरासी ,बर्दघाट । TEAM अन्तर्गतका उत्कृष्ट सात विद्यालयहरू – कुमुदिनी इङ्लिस बोर्डिङ्ग स्कुल, न्यु लाईफ सेकेण्डरी स्कुल, रामनगर एकेडेमी इ.बो. स्कुल, ग्लोबल एकेडेमी, ग्लोरियस एकेडेमी, डेबिश स्कुल, र उज्ज्वल इङ्लिस सेकेण्डरी स्कुलका करिब ४१ जना गणित शिक्षकहरूको उपस्थितिमा एकदिने विशेष गणित शिक्षण तालिम सम्पन्न भएको छ।
उक्त तालिम जेठ १६ गते शुक्रवार  TEAM को आयोजनामा सञ्चालन भएको हो।

गणित शिक्षणमा विशेषज्ञ मानिने  हुकुम प्रसाद दाहाल प्रशिक्षक एवम् वेदान्त पब्लिकेसनका लेखक   हुकुम प्रसाद दाहालले तालीमको सहजीकरण गर्नु भएको थियो । उहाँले सहभागी शिक्षकहरूलाई गणित विषयलाई रमाइलो, सरल र प्रभावकारी तरिकाबाट पढाउने विविध प्रविधिमा आधारित र सीपहरूका बारेमा जानकारी गराउनु भयो ,
“गणित शिक्षणलाई लयात्मक तरिकाले प्रस्तुत गर्ने” विधि प्रस्तुत गर्दै गणितको शिक्षण प्रक्रियामा नवीनतम प्रविधि र सोचको प्रयोग गर्न सकिन्छ” उहाँले भन्नुभयो ।“गणित रमाइलो विषय हो, तर शिक्षणको पद्धति र स्पष्टता अभावका कारण धेरैजसो शिक्षकहरू आफैँ अन्योलमा पर्ने गर्छन्।

जबसम्म शिक्षकहरूले आफैँ विषयको गहिरो अध्ययन गर्दैनन्, तबसम्म उनीहरूले विद्यार्थीहरूमा उत्तरदायित्व र जिज्ञासा विकास गराउन सक्दैनन्।”
२१औँ शताब्दीको शिक्षण प्रणालीमा आवश्यक पर्ने सिर्जनशीलता, सहकार्य, सोच उत्प्रेरणा गर्ने प्रश्नहरूको प्रयोग, जिज्ञासा र तर्क क्षमताको विकास जस्ता महत्वपूर्ण बुँदाहरूमा जोड दिनुपर्ने उल्लेख गर्नु भयो ।

उहाँले शिक्षकहरूलाई “पहिला आफैँ सिक्नुस्, अनि सिकाउनुहोस्” भन्ने मूल मन्त्रका साथ अध्यापन गराउन समेत आग्रह गर्नु भयो ।

तालिममा सहभागी भएका सम्पूर्ण शिक्षकहरू अत्यन्त उत्साहित देखिन्थे। उनीहरूले तालिमको अन्त्यमा आ–आफ्नो अनुभवहरू बाँड्दै तालिम अत्यन्त उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए।

, “हामीले आजसम्म जसरी पढाउँदै आएका थियौँ, त्यसको पुनर्विचार गर्नुपर्छ भन्ने कुराले मलाई झकझक्यायो। अब म गणितलाई रमाइलो तरिकाले पढाउने प्रयत्न गर्नेछु।”रामनगर एकेडेमीका एक शिक्षकको भनाई थियो ।

“तालिमका धेरै बुँदाहरूले सरल महसुस गरायो– जस्तै विद्यार्थीहरूको सक्रिय सहभागिता, शिक्षण सामग्री, खेल र समूहगत कामको प्रयोग गर्दै गणित पढाउने तरिका, जसले वास्तवमै सिकाइलाई रमाइलो बनाउँछ।”

उक्त कार्यक्रम कुमुदिनी स्कुलकी प्रबन्ध निर्देशक कमला शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल पाव्सनका पूर्व सचिव तथा डेबिश स्कुलका प्रिन्सिपल  सुवर्ण न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा रामनगर एकेडेमीका प्रिन्सिपल जनक अधिकारी र कुमुदिनी स्कुलका प्रिन्सिपल  रेश्मीराज बश्यालले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा अतिथिहरूले शिक्षकहरूको भूमिकालाई २१औँ शताब्दीको आवश्यकता अनुसार परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए। सुवर्ण न्यौपानेले शिक्षकहरूलाई परिवर्तनशील शिक्षण पद्धति अपनाउन आग्रह गर्दै भन्नुभयो, “आजको विद्यार्थी डिजिटल युगका छन्, उनीहरूलाई बुझ्न शिक्षकले पनि आफूलाई अपडेट राख्नुपर्छ।”

कमला शर्माले TEAM अन्तर्गतका विद्यालयहरूबीच सहकार्य र तालमेल कायम गर्दै शिक्षकहरूको पेशागत विकासका लागि यस्ता तालिमहरू नियमित रूपमा आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उक्त तालिमले शिक्षकहरूलाई शिक्षणको नयाँ दिशा मात्र दिएको छैन, उनीहरूमा नयाँ ऊर्जा, उत्साह र प्रतिबद्धता पनि भरेको शिक्षकहरुको विश्वास छ । तालिमको समापनमा सहभागी शिक्षकहरूले सिकेका सीपहरू विद्यालयमा कार्यान्वयन गर्ने अठोट गर्दै “शिक्षणलाई रमाइलो बनाऔँ, विद्यार्थीलाई उत्तरदायी बनाऔँ” भन्ने नारा उठाएका थिए।

गणितजस्तो विश्लेषणात्मक विषयलाई पनि सृजनात्मक र लयात्मक बनाउने उपायहरू सिकेर शिक्षकहरू उत्साहित देखिन्थे।

 

ताजा अपडेट

खोजी गर्नुहोस