सडकमा निजी बिद्यालयको बस र्याली,आन्दोलन थप चर्काउने

नवलपरासी,पश्चिम् । प्रस्तावित विद्यालय शिक्षा विधयेक विरुद्ध आज निजी विद्यालय संञ्चालकहरुले स्कुल बस सडकमा उतारेर देशभर प्रर्दशन गरेका छन् । पश्चिम नवलपरासीमा पनि निजी विद्यालयहरुले कालो झण्डा टाँगेर स्कुल बस सडकमा उतारेर विरोध जनाएका छन् ।

सुनवलको भुमहीमा जम्मा भएका संस्थागत विद्यालयका स्कुल बस सुनवल चोक हुदै परासी बाट मन्जरीया पुगेर पुनः वुद्धचोक परिक्रमा गरेको निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन प्याब्सनका जिल्ला सचिव अविनाश रेग्मीले जानकारी दिनुभयो । सात स्थानीय तहका झन्डै साढे दुई सय स्कुल बस विरोध प्रर्दशनमा सामेल थिए ।

सो क्रममा वुद्धचोकमा आयोजित कोणसभामा बोल्दै प्याब्सनका केन्द्रिय सल्लाहाकार सुमनगोपाल आचार्य, जिल्ला सल्लाहाकार राधेरमण पाण्डे, प्याब्सन रामग्राम नगर अध्यक्ष बलिराम यादव लगायतले सरकारले शिक्षा प्रणालीलाई थप कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको थियो ।

संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलन घोषणा गरेर विभिन्न कार्यक्रम गर्दे आएका छन् ।

निजी विद्यालय सञ्चालकहरूका संगठन प्याब्सन र एनप्याब्सनले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । विद्यालय शिक्षा विधयेकको विषय अहिले निकै पेचिलो बन्दै गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस