जहदा पुस्तकालयद्वारा निबन्ध लेखन प्रतियोगिता

बर्दघाट।बर्दघाट नगरपालिका १२ मा रहेको जहदा सामुदायिक पुस्तकालयले विद्यार्थीहरुको सहभागीतामा निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ ।प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरु सहभागी रहेका थिए ।

प्रतियोगितामा दुर्गा आधारभूत विद्यालयका छात्र मन्जिम बनियाँ प्रथम,नित्यानन्द मावी का छत्रा अन्जली रौनियार द्वितीय र सोही बिद्यालयकी छात्रा बिहानी कोईराला तृतीय भएका छन ।

कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले हस्ता कार्यक्रमहरुले पढाईको अलावा विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्ने माध्यम बन्ने उल्लेख गर्दै बौद्धिक बिकासमा समेत मद्धत पुग्ने बताउनु भयो ।


जहदा पुस्तकालयले विभिन्नसमयमा रचनात्मक कर्यहरु गर्दै आईरहेको पुस्तकालयका अध्यक्ष सुरज केसीले बताउनु भयो ।विद्यार्थीलाई पाठ्यपुस्तक बाहेक अन्य ज्ञान सिकाउनु नै मुल उदेश्य रहेको केसीले बताउनु भयो ।

प्रतियोगीतामा स-साना बालबालिकाहरुले गायन,गजल र कविता बाचन गरेका थिए ।कार्यक्रममा शिक्षक अविभावक स्थानीय एवम् विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस