मृगौला पिडित बचाउ महा अभियानमा योग समूह समेत सक्रिय(फोटो फिचर सहित)

  • hamroaakha
  • / स्वास्थ्य /
  • २०८२ भाद्र १३, शनिबार (२ हप्ता अघि)
  • २४४ पटक पढिएको

बर्दघाट । मृगौला पिडित बचाउ महा अभियानमा विभिन्न समुह संघ सस्थाहरुले निरन्तर रुपमा सहयोग गरिरहेका छ्न ।

बर्दघाट नगरपालिका वडा नम्बर १४ मा रहेको शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा डायलासीस सेवा सञ्चालनार्थ आर्थिक संकलन अभियानमा योग साधना केन्द्रबाट समेत सक्रिय सहभागीता रहेको छ ।

आज बिहान बर्दघाट नगरपालिका वडा नम्बर १४ मा गङ्गावस्ती योग साधना केन्द्रका सदस्यहरु सक्रिय रुपमा घरदैलो अभियानमा जुटेर आर्थिक संकलन गरेका छन ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठको अगुवाईमा वडा नम्बर १४ मा आज गङ्गावस्तीबाट सहयोग संकलन अभियान सुरु गरिएको हो ।

नगरप्रमुख श्रेष्ठले सेवा सञ्चालनका लागि अस्पतालमा सिस्टम जडान र आवश्यक पुर्वाधार निर्माणको काम भैरहेको र जानकारी दिदै उल्लेख्य रुपमा नागरिकहरु अभियानमा जोडिएको बताउनुभयो ।
डायलासिस गर्न टाढा टाढा जानू पर्ने,समयमा पालो नपाईने,आर्थिक चाप लगायतका झन्झट बाट समेत विरामी हरु मुक्त हुने मृगौला प्रत्यारोपण गरेका स्थानीय माधव तिवारीले बताउनु भयो।

“यो पीडा मैले अनि म जस्ता थुप्रैले भोगेका छौ,मानसिक तनाव त छदै छ अझ अन्यत्र धाउनु पर्दा त्यसले दिने पीडा छुट्टै छ,यो योजना पश्चिम् नवलपरासी बासीकै लागि बरदान सावित हुनेछ”तिवारीले भन्नुभयो ।यसै गरी सिर्जना आमा समूह बर्दघाट १५ ले ३१ हजार पाँच सय रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

अभियानमा अस्पताल विकास केन्द्रका अध्यक्ष पदाधिकारी र महा अभियान कार्यदलका सदस्यहरुको सहभागीता रहेको थियो ।स्थानियलाई घर आगनमै डायलासिस सेवा प्रदान गर्नका लागि नगर प्रमुख श्रेष्ठले यो अवधारणा अघि सार्नु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस