नवलपरासी । १६० औं मोती जयन्तीका अवसरमा नवलपरासीमा विविध कार्यक्रम गरी मनाईएको छ ।बर्दघाट प्रज्ञा प्रतिष्ठानले बर्दघाट र साहित्य परिषद् नवलपरासीले भूमही मा विषेश रचना वाचन कार्यक्रम सम्पन्न गरेका छ्न ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बर्दघाट प्रज्ञाप्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपाने”परिश्रमी”ले बिश्वका विभिन्न मुलकमा मोति जयन्ती निकै श्रद्धापुर्वक मनाईने उल्लेख गर्नु भयो।
।मोतीरामले गोर्खा भारत जीवन नामक पत्रकारीताको सुरुवात भारतको बनारस बाट गरेको बताउँदै नेपाली पत्रकारीताको जन्मदाता नै उनी नै भएको बताउनु भयो ।आज जय पृथ्वी बहादुर सिंहको समेत जन्मोत्सव भएकाले उनको तस्वीरमा समेत पुष्प अर्पण गर्दै उनका बारेमा समेत चर्चा गरिएको थियो ।
यसैगरी साहित्य परिषद् नवलपरासीले भूमहिमा आयोजना गरेको कार्यक्रम साहित्य परिषदका अध्यक्ष डा. श्याम प्रसाद न्यौपानेको अध्यक्षता र सुनवल नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवलपरासी,रुपन्देही,कपिलवस्तु ,पाल्पा र अर्घाखाँचीका साहित्यकार हरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा मोतीराम भट्टको जिवनी चर्चा सहित कविता,गजल,मुक्तक लगाएतका बिभिन्न प्रकृतिका रचनाहरु गायन तथा वाचन गरीए थिए ।
कार्यक्रममा बोल्दै सुनवल नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि बिमला अर्यालले साहित्यकारहरुले साहित्यका माध्यमबाट र नेतृत्वमा रहने ब्यक्तिहरुले नेतृत्व तहबाट नै समाज रुपान्तरणमा एक भएर लाग्नु पर्नेमा जोड दिनुभयो। उहाँले अहिले सुनवल नगरमा महिलाले नेतृत्व गरेको स्थानिय सरकारले नगरको समग्र विकासमा परिवर्तन ल्याउने तर्फ अघि बढेको समेत बताउनु भयो ।पछिल्लो समय समाज नकारात्मक तर्फ गैरहेको उल्लेख गर्दै नगरप्रमुख अर्यालले साहित्यले समाजमा सकारात्मक संदेश समेत प्रवाअ गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।
त्यसैगरी वरिष्ठ साहित्यकार हुमनाथ पाण्डेले कविता वा रचना वर्णनात्मक भन्दा पनि युग अनुसारको अर्थपूर्ण हुनु पर्नेमा जोड दिँदै रचनाको संख्या बढाउनु भन्दा पनि स्तर बढाउन तर्फ लाग्नु पर्ने सुझाब दिनु भएको थियो ।
साहित्य परिषद् नवलपरासीका सचिव यमजित मल्ल “कल्पित”ले सञ्चालन गर्नु भएको कार्यक्रममा बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति धनश्याम न्यौपाने लगाएतका साहित्यकारहरुले मोतिरामका वारेमा साहित्यीक चर्चा गर्नु भएको थियो भने सहभागिहरुले रचना वाचन तथा गायन प्रस्तुति दिएका थिए ।साहित्य परिषदका कोषाध्यक्ष तिलक भट्टराई ‘अञ्जान’ले सहभागीलाई स्वागत गर्नु भएको थियोे ।
रचना वाचन तथा गायन कार्यक्रममा सहभागी साहित्यकारहरुलाई साहित्य परिषद् नवलपरासीले कदर प्रत्र सहित दोसल्ला ओडाएर सम्मान गरीएको थियो । सुनवल–१२,भूमहीमा रहेको जगन्नाथ मा.बि.को सभाहलमा भएको उक्त कार्यक्रममा श्रष्टाहरुको निक्कै प्रभावकारी उपस्थितीले कार्यक्रम सफल भएको भन्दै साहित्य परिषद् नवलपरासीका अध्यक्ष डा. श्याम प्रसाद न्यौपानेले सबैलाई धन्यवाद प्रकट गर्नु भएको थियो
।