बर्दघाट साहित्य समाजको लेखन प्रशिक्षण तथा रचना बाचन कार्यक्रम सम्पन्न

  • hamroaakha
  • / साहित्य /
  • २०८२ बैशाख २९, सोमबार (१ हप्ता अघि)
  • १८१ पटक पढिएको

बर्दघाट/नवलपरासी

बर्दघाट साहित्य समाजको आयोजनामा कविता,मुक्तक लेखन प्रशिक्षण  तथा रचना बाचन कार्यक्रम सम्पन्न भएको छ ।साहित्य समाजका अध्यक्ष बिश्व भट्टराईको अध्यक्षता एवम् बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा संचालन गरिएको कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले भाषा साहित्य र कला क्षेत्रका माध्यमबाट समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।भाषा साहित्य लगायतका विभिन्न विधाका माध्यमबाट समग्र नगरको परिचयमा टेवा पुगेको श्रेष्ठले बताउनुभयो ।

आगामी बजेट निर्माणमा प्रज्ञाप्रतिष्ठान मार्फत एकद्वार प्रणालीबाट नगरभित्र रहेका सबै साहित्यिक संघ सस्था र कलाकर्मिहरुलाई समेटेर अघि बढ्ने समेत नगरप्रमुख श्रेष्ठले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।व्यंग्यात्मक रुपमा होस या भावनात्मक रुपमा सकारात्मक परिवर्तनका निम्ति साहित्य कला क्षेत्र अग्रपंक्तिमा रहेको उहाको भनाई थियो ।भौतिक बिकास मात्रै नभै समाज रुपान्तरणका लागि मानविय बिकास अपरिहार्य रहेको श्रेष्ठले उल्लेख गर्नु भयो।

साहित्य समाजका अध्यक्ष बिश्वराज भट्टराईले बर्दघाट साहित्य समाजलाई चलायमान बनाउन,साहित्यिक गतिविधि तयार गर्नका लागि नगरपालिकाले सहयोग गर्ने बिश्वास ब्यक्त गर्नु भयो।

कार्यक्रममा विद्यार्थी,शिक्षक एवं साहित्य कर्मीहरुले आ आफ्ना रचना बाचन गरेका थिए ।रचना बाचन कार्यक्रममा दिपक बरालले बाचन गरेको “आमालाई बुलाकी”शिर्षकको कविताले सबैलाई भावुक बनाएको थियो ।

कार्यक्रममा नवलपरासी साहित्य परिषदका अध्यक्ष डा.श्याम न्यौपानेले सहजीकरण गर्दै मुक्तक र कविता लेखन सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।


बर्दघाट साहित्य समाजका सचिव नवराज घिमिरेको सञ्चालन रहेको कार्यक्रममा पूर्व अध्यक्ष दिनानाथ पौडेल,साहित्य समाजका पदाधिकारी,बिद्यार्थी शिक्षक लगायतको उपस्थिति रहेको थियो ।पछिल्लो समय बर्दघाट,साहित्य संगित र कलाक्षेत्रको थलोको रुपमा चिनिन थालेको श्रष्टाहरुले बताएका छन ।कार्यक्रम कुमुदिनी बोर्डिङ स्कुलको सभाहलमा संचालन भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस