रवि लामिछानेको स्वास्थ्यमा समस्या, कारागारमै ट्रमा सेन्टरका टोलीले जाँच गर्दै

बाहिर लैजाँदा सुरक्षा चुनौति हुने हुँदा डाक्टरलाई कारागारमै बोलाउन सुझाव

काठमाडौँ । रुपन्देहीबाट ललितपुरको नख्खु कारागार सारिएका रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । भारत भ्रमणबाट फर्कनेवित्तिकै लामिछानेलाई भेट्न कारागार पुगेका उपसभापति डिपी अर्यालले उनलाई केही स्वास्थ्य समस्या देखिएको बताएका हुन् ।

‘आज म भेट्न पुग्दा उहाँको स्किन केही फरक भएको पाएँ । पहिलेको भन्दा उहाँको स्किन फरक देखिएको छ ।’ अर्यालले भने, ‘मैले उहाँको स्वास्थ्य जाँच आवश्यक छ भनेर जेल प्रशासनलाई जानकारी गराएँ । जेलरले उहाँलाई बाहिर लैजाँदा सुरक्षा चुनौति हुने हुँदा डाक्टरलाई यहीँ बोलाउन सुझाव दिनुभयो । अहिले ट्रमा सेन्टरबाट जाँचको लागि डाक्टरको टोली नख्खु पुगेका छन् ।’

रुपन्देही करागारमा रहँदा घाममा निस्कन नपाएको कारण त्यस्तो भएको हुनसक्ने उपसभापति अर्यालको अनुमान छ । रुपन्देही करागारमा रहँदा लामिछाने कोठाबाट बाहिर निस्कन पाएका थिएनन् । आफूहरु भेट्न जाँदा पनि अँध्यारो कोठामा बस्ने भएका कारण लामिछानेको स्किनमा खास फरक नदेखिएको र अहिले खुल्ला ठाउँमा भेट्दा पसरवर्तन देखिएको अर्यालले बताए ।

उनले आज पहिलो पटक सभापति लामिछानेसँग बाहिर खुल्ला ठाउँमा भेट्न पाएको बताए । सो क्रममा उनले लामिछानेसँग समसामयिक विषयमा कुराकानी भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस