नगरका अस्पताललाई उपकरण र चिकित्सक उपलब्ध गराउने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता 

नवलपरासी,पश्चिम् -बर्दघाट । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम सारुले बर्दघाट नगरपालिकामा रहेका दुईवटा अस्पतालमा अनुगमन गर्नु भएको छ ।बर्दघाट नगरपालिकामा रहेको चिसापानी अस्पताल र शाहीद स्मृति अस्पताल चौपत्ताको मन्त्री सारुले आज अनुगमन गर्नु भएको हो ।
अस्पतालको अनुगमनका क्रममा नगरप्रमुख शम्भुलाल श्रेष्ठले अस्पतालमा उपकरण र जनशक्ति उपलब्ध गराउन आग्रह गर्नु भएको थियो ।शो क्रममा मन्त्री सारुले चिसापानी अस्पतालाई दुईजना एम बि बि एस चिकित्सक (मेडिकल अधिकृत ) र शाहीद स्मृति अस्पताल चौपत्तालाई
१ थान C-Arm Machine र १ थान DR System को X-Ray Machine उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगरमै नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि बिगत देखि नै प्रदेश र संघ सरकारसग उपकरण र जनशक्ति उपलब्ध गराउन माग गर्दै आईएको बताउनु भयो ।चिसापानी अस्पतालमा हाल एक सय पचास जनाले दैनिक सेवा लिदै आईरहेको अस्पतालका जनस्वास्थ्य अधिकृत रमेश न्यौपानेले जानकारी दिनुभयो ।
यसै गरी बर्दघाट नगरपालिका वडा नम्बर १४ स्थित चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पतालमा  विशेष गरी प्रतापपुर सुस्ता र बर्दघाट नगरपालिकाका सर्वसाधारणले सेवा लिँदै आएका छ्न ।उक्त अस्पतालमा डायलासिस सेवा सञ्चालनको समेत तयारी भैरहेको छ ।प्रदेश सरकारले उपकरण गराए बिरामीलाई सहज रुपमा गुणस्तरीय सेवा दिन सकिने अस्पताल ब्यवस्थापन समितिका सदस्य युवराज डुम्रेले बताउनु भयो ।
जिल्ला समन्वय प्रमुख भगवती यादव (रुदल), मन्त्रालयका स्वास्थ्य सचिव सहितको टोलि, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नगर स्वास्थ्य शाखा लगायतको टोलीद्वारा अस्पतालको अनुगमन गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस