नवलपरासी,पश्चिम्
पश्चिम् नवलपरासीको सुस्ता गाउँपालिकाले बर्दघाट नगरपालिका वडा नम्बर १४ चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पताललाई बिविध सामाग्री सहयोग गरेको छ ।
गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले अस्पताललाई आज २ लाख ५० हजार बराबरका सामाग्री हस्तान्तरण गर्नु भएको हो ।गाउँपालिकाले एसि,डेस्कटप कम्प्युटर,पृन्टर लगायतका सामाग्री हस्तान्तरण गरेको हो ।
गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले सुस्ता गाउँपालिकाका नागरिकले समेत सोही अस्पताल बाट सेवा लिने हुँदा सहयोग गरिएको बताउदै सामुदायिक अस्पताललाई सबै स्थानीय तहहरुले सहयोग गरी गुणस्तरीय सेवा प्रवाहमा जोड दिनु पर्ने बताए।अस्पतालमा केही समय पछि सुरु हुन गैरहेको डायलासिस सेवा सञ्चालनका लागि समेत पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
अस्पतालका अध्यक्ष डिबि थापाले सबैको साथ र सहयोगले नै अस्पतालको सेवा प्रभावकारी हुने बताए ।२ लाख ५० हजार बराबरको खरिद अनुमती अस्पताललाई नै दिईएको र अस्पतालले नै सामाग्री खरिद गरेको प्रमुख प्रसाशकिय अधिकृत हुमलाल भुसालले बताए ।
यति बेला संघ सरकारबाट प्राप्त ४ थान डायलासिस मेसिन बाट सेवा उपलब्ध गराउनका लागि स्वस्फूर्त रुपमा सहयोग प्राप्त हुने गरी महा अभियान समेत सञ्चालन गरिएको छ ।