चिसापानी सामुदायीक वनले रोहित मुसहरको घर निमार्ण गरीदियो

  • hamroaakha
  • / समाज /
  • २०८२ जेष्ठ २५, आईतबार (१० घण्टा अघि)
  • ७३ पटक पढिएको

नवलपरासी /बर्दघाट ।बर्दघाट नगरपालिका वडा नं. – २ मा रहेको चिसापानी सामुदायीक वन उपभोक्ता समुहले बर्दघाट –३ कर्मैया निवासी रोहित मुसहरको परिवारलाई घर निमार्ण गरेर हस्तान्त्रण गरेको छ ।
सामुदायीक वनको गरिब बिपन्न राहत कार्यक्रम अन्तर्गत मुसहरको घर निमार्ण गरीएको समुहका अध्यक्ष हुमबहादुर गुरुङले बताउनु भएको छ ।
यस अघि सरावलमा १ घर,चिसापानीमा १ घर,भटौलियामा १ घर गरी ३ वटा गरिब बिपन्नहरुका घर निमार्ण गरी हस्तान्त्रण गरीसकेको चिसापानी सामुदायीक वन उपभोक्ता समुहले अहिले फेरी कर्मैयामा रोहित मुसहरको घर निर्माण गरेर एक कार्यक्रमका विच हस्तान्त्रण गरेको अध्यक्ष गुरुङले कार्यक्रममा जानकारी गराउनु भएको थियो ।

समुहका अध्यक्ष होम बहादुर गुरुङको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यताम भएको घर हस्तान्त्रण कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरका करिव २० वटा सामुदायिक वनहरु मध्ये अब्बल समुहका रुपमा परिचित चिसापानी सामुदायिक वन सामाजिक कार्यहरुमा निक्कै अगाडि रहेको बताउनु भएको थियो । नगर प्रमुख श्रेष्ठले अब नगरका हरेक वन समुहहरुले एक वन एक पिक्नीक स्पोर्ट निमार्ण गर्दै अघि बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।

चिसापानी सामुदायीक वन उपभोक्ता समुहका कार्यालय सचिव कमल परियारको सञ्चालन रहेको कार्यक्रममा बोल्दै नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले नगरका वन समुहहरु स्थानिय सरकारसंग मिलेर विकास निमार्णमा संगैलाग्ने गरी एक भएर नगरमा सुचिकृत हुन आउनका लागि आवाहन गर्नु भएको थियो । वन समुहहरुले बनाउने वार्षीक निति तथा कार्यक्रमहरुमा नगरसंग सहकार्यगर्दै अघिबढेमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु मिलेर संगैअघिबढाउन सकिने धाराण राख्नु भएको थियो ।

त्यसैगरी कर्मैया निवासी रोहित मुसहरको परिवारलाई घर निमार्ण गरेर हस्तान्त्रण गर्ने कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष चन्द्रप्रकाश अधिकारीले सबैका ईच्छा पुरा गर्न नसक्ने बताउदै वडाले यस वर्ष आफ्नो वडा का ९ वटा घरहरुलाई जस्तापाता सहयोग गरेको बताउनु भएको थियो ।

चिसापानी सामुदायीक वन उपभोक्ता समुहले कर्मैया निवासी रोहित मुसहरको घर निर्माणका क्रममा ६ लाख ४० हजार समुहवाट खर्च गरेको र वडा कार्यलयबाट २५ हजार को जस्तापाता मात्र सहयोग आएको घर निर्माण समितिका संयोजक प्रेम बहादुर भुजेलले बताउनु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस