जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण एवम् प्रशिक्षण

  • hamroaakha
  • / जीवनशैली /
  • २०८२ बैशाख १४, आईतबार (४ महिना अघि)
  • १८३ पटक पढिएको

 

बर्दघाट

माता तिर्थ औसिको अवसरमा लक्ष्मिनगर आमा समुहको आयोजना,नेपाल आमा समुहको सह आयोजना एवम् बर्दघाट नगरपालिकाको समन्वयमा जेष्ठ नागरिकहरुको स्वास्थ परिक्षण गरिएको छ ।जेष्ठ नागरिकहरूलाई स्वास्थ्य हेरविचारका बारेमा समेत अभिमुखिकरण गरिएको छ ।

कार्यक्रममा बोल्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले सन्ततिले आफ्ना आमाबुबाको उचित हेरचाह गर्नु पर्ने उल्लेख गर्दै मातृत्वको महिमा अपार रहेको बताउनु भयो ।जेष्ठनागरिकहरु बालबालिका जस्तै हुने हुदा शारिक र मानसिक रुपमा स्वास्थ्य राख्न प्रेरित गर्नु पर्ने उहाँले बताउनु भयो ।

नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले समाजमा जेष्ठ नागरिकको सम्मान आशिर्वाद लिने प्रचलनलाई आत्मसाथ गर्दै यस कार्यले सकारात्मक उर्जा प्राप्ती हुने बताउनु भयो ।

कार्यक्रममा बयोबृद्ध जेष्ठ नागरिक नन्दलाल गैरेको स्वास्थ परिक्षण बाट कार्यक्रम सुरु गरिएको र करिब २ सय जना जेष्ठ नागरिकहरूको सहभागीता रहेको समुहकी अध्यक्ष कला तिवारीले बताउनु भयो ।

कार्यक्रममा जेष्ठ नागरिकहरूलाई प्राथमिक उपचार गरिनुका साथै औषधि समेत बितरण गरिएको थियो ।प्राविधिक सहयोग आधारभूत स्वास्थ्य केन्द्र बर्दघाट ४ ले उपलब्ध गराएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस