साप्ताहिक हाटबजार ब्यवसायी संघ नवलपरासीमा युवा नेतृत्व : अध्यक्षमा सागर बिक

  • hamroaakha
  • / अर्थ/व्यवसाय /
  • २०८१ चैत्र २६, बुधबार (१ हप्ता अघि)
  • २०६ पटक पढिएको

नवलपरासी

साप्ताहिक हाट बजार ब्यवसायी संघ,नवलपरासीको १५ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवशन सम्पन्न भएको छ । बर्दघाट–४ मा रहेको शुक्रवारे हाट बजारमा भएको अधिवेशनले युवा नेतृत्व सागर बि .क.को अध्यक्षतामा ११ सदस्य जिल्ला कार्यसमिति सर्वसम्मवत चयन भएको छ ।

समितिको उपाध्यक्षमा अञ्जली कोहार चयन हुनु भएएको छ भने सचिवमा केशव भुषाल , कोषाध्यक्षमा बिवेशराज पोख्रेल र सह–सचिवमा विजय रेग्मी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा शिव सापकोटा,रोशन बहादुर सुवेदी, जिवन पोख्रेल,गणेश श्रेष्ठ,दुर्गा प्रसाद शर्मा र सरला नेपाल रहनु भएको छ ।

त्यसैगरी लेखा समितिको संयोजकमा ज्ञासुद्दिन अन्सारी  तथा सदस्यमा नारायण प्रसाद अधिकारी र चन्द्र सुनार रहनु भएको नव निर्वाचीत अध्यक्ष सागर वि.क.ले जानकारी दिनु भएको छ ।
साप्ताहिक हाट बजार ब्यवसायी संघ,नवलपरासीका अध्यक्ष यमबहादुर घिमिरेको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ जयसवालको प्र्रमुख आतिथयतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि जयसवालले ब्यवसायीक हक र हितका लागि संघले आफ्नो जिम्मेवारी विर्सन नहुने बताउनु भएको थियो ।

भारतीय खुल्ला सिमानाका कारण ब्यवसायीहरु बढी मारमा पर्ने गरेको बताउदै भारतीय बजारबाट आउने अबैधानिक सामानहरु सँग हाट बजारका ब्यवायीहरुले प्रतिस्प्रद्र्या गर्न नसकिने भएकाले त्यस्ता अबैधानिक मालसामनको ब्यापार गर्ने कार्य रोकधामका लागि सरोकारवालाहरुसंग मिलेर साप्ताहिक हाट बजार ब्यवसायी संघ,नवलपरासीले काम गर्न जरुरी रहेको बताउनु भएको थियो ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरका साप्ताहिक हाट बजारहरु ब्यवस्थीत गर्नका लागि नगरले बजेट विनियोजन गर्ने देखि अन्य कुराहरुमा समेत सहजीकरण गर्दै आएको धारण राख्नु भएको थियो ।



बर्दघाट नगर उपप्रमुख रुद्रप्रसाद उपाध्यायले नगरका सबै ब्यवसायीहरु नगरमा सुचिकृत हुनका लागि आग्रह गर्नु भएको थियो। नगरमा सुचिकृत भएमा उनीहरुको आवश्यकता र संख्याका आधारमा नगरले ब्यवसायीहरुको पक्षमा रहेर काम गर्न योजना बनाउन सहज हुने उल्लेख गर्नु भएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस