विलासिता कर फिर्ता लिन सुनचाँदी व्यवसायी संघको माग

  • hamroaakha
  • / अर्थ/व्यवसाय /
  • २०८२ जेष्ठ २९, बिहिबार (४ दिन अघि)
  • ६८ पटक पढिएको

 

परासी । नवलपरासी सुनचाँदी व्यवसायी संघ पश्चिम नवलपरासीले बिरोध प्रर्दशन गरेका छन । सरकारले हालै ल्याएको बजेटमा सुन चाँदी व्यवासयीहरुलाई बिलासिता बस्तुमा कर लागाएको र कर खारेजी माग गदै  आज परासीमा बिरोधमा बिरोध प्रर्दशन गरेका हुन ।

उनीहरुले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीमार्फत ज्ञापनपत्र पठाउदै सरकारलाई बिलासिता बस्तूको कर खारेजीको माग समेत गरेका छन । उनीहरुले विलासिता  बस्तुको कर र व्यवासयीमैत्री निती ल्याउन माग गरिएको सुनचाँदी व्यवासयी संघका जिल्ला अध्यक्ष अर्जुन सुनारले बताए । उनले भने सुनको भन्सार ६ प्रतिशत कायम गर्न समेत सरकारसंग माग गरीएको बताउनुभयो ।

 

सरकारले सुनमा २ प्रतिशत विलासिताको कर र १३ प्रतिशत भ्याट कर लागएको भन्दै यसलाई तुरुन्त खारेजी गर्न माग गरिएको सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य राजेन्द्र सुनारले बताए । सुनचाँदी र हिराका गरगहना पसलेहरूले विलासिताको वस्तु नभएकोले सुनमा लगाइएको विलासिताको कर हिरामा लगाइएको भ्याट खारेज गर्न पनि माग गरीएको महासंघका केन्द्रिय सदस्य भिमसिंह बि.कले बताउनु भयो ।

उनले भने सरकारको  बिलासिता बस्तुुमा लागाईएको करले आम उपभोक्ता मर्कामा पर्ने भएकोले सरकारले उक्त कर अबिलम्ब हटाउनुपर्ने र सुन व्यवासयीहरुलाई काम गर्न बतावरण सिर्जना गर्न र व्यवसायीमैत्री नीति बनाउन ल्याउनुपर्नेमा माग गरिएको संघका सचिव देबेन्द्र सुनारले जानकारी दिनुभयो ।

जिल्लामा एक सय ६० जना सुनचाँदी व्यवसायीहरु रहेका छन । उनीहरुले अफनो पसलहरु बन्द गरी बिरोध प्रर्दशन गरेका थिए । अहिले सरकारले सुनमा २ प्रतिशत विलासिताको कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेपछि उनिहरु आन्दोलनमा उत्रेका हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस