नवलपरासी
मोटरसाइकल र स्कुटर निर्माता हिरो मोटोकर्पले नेपालमा दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको हो ।देशमा विभिन्न स्थानमा हिरो स्वरुम बाट यी दुई मोटरसाइकल बिक्रि बितरण हुने छ्न ।
यसै गरी पश्चिम् नवलपरासीको बर्दघाटमा रहेको हिरोको स्वरुमले आज एक कार्यक्रमको आयोजना गरि मोटरसाइकलको सार्बजनिकिकरण गरेको छ ।नगर प्रमुख शम्भुलाल श्रेष्ठले दुई मोडलका मोटरसाइकल सार्बजनिक गर्दै पछिल्लो समय मुलुकको आर्थिक अवस्था धारासायी बन्दै गरेको अवस्थामा अर्थतन्त्र चलायमान बनाउन निजि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै युवा हरुलाई लक्षित गरि लन्च गरिएका मोटरसाइकल बर्दघाट क्षेत्रबाटै उपलब्ध हुदा ब्यसायिक रुपमा समेत सफलता हासिल गर्ने बिश्वास ब्यक्त गर्नु भयो ।नगरको आर्थिक बिकासमा टेवा पुर्याउन निजिक्षेत्र सग सहकार्य गर्न नगर प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो ।उपभोक्ताहरुको सहजताका लागि मोटरसाइकल खरिदका निम्ति नगरभित्र रहेका बित्तिय संघ सस्थाहरुले सहजीकरण गर्न समेत श्रेष्ठले आग्रह गर्नु भयो ।
बर्दघाटमा रहेको हिरो स्वरुमका संचालक महेन्द्र टण्डनले बिशेशत:युवाहरुको रोजाईलाई मध्यनजर गर्दै खरिदका लागि बुटवल भैरहवा र परासी समेत पुग्न नपर्ने,बर्दघाटकै स्वरुम बाट सबै सेवा लिन सकिने बताउनु भयो ।लन्च गरिएका दुबै मोडलका मोटरसाइकलहरु युवाहरुको मुख्य रोजाईमा पर्ने टण्डनले बताउनु भयो ।
हिरो मोटोकर्पले सार्वजनिक दुई नयाँ बाइकले एक्स्ट्रिम रेन्जमार्फत शक्तिशाली, आकर्षक र उत्कृष्ट अनुभव प्रदान गर्ने दाबी गरेकोे छ । एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हिरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनी विश्वस्त रहेको बताईएको छ ।
एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य ३ लाख ८४ हजार ९ सय र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९ सय रुपैयाँ साथै एबीएस भेरियन्टका लागि ३ लाख ११ हजार ९ सय रुपैयाँ तोकिएको छ ।हिजो कम्पनीका मोटरसाइकलले बजार लिएको अवस्थामा नयाँ लुक्स र मोडलमा आएसगै यो सामान्यतया सबैको रोजाईमा पर्ने विश्लेषण गरिएको छ ।