जन्मोत्सवमा विद्यार्थी बालबालिकालाई न्यानो लुगा प्रदान

  • hamroaakha
  • / समाज /
  • २०८१ मंसिर १८, मंगलबार (९ महिना अघि)
  • ४११ पटक पढिएको

 

नवलपरासी

बर्दघाट नगरपालिका वडा नम्बर १६ मा रहेको सिद्धज्योती आधारभूत बिधालयका विद्यार्थीहरुलाई न्यानो लुगा प्रदान गरिएको छ ।

स्थानिय समाजसेवी कृष्णराम पौडेलले विद्यार्थीहरुका लागि बिधालय पोसाक सग मिल्ने स्विटर उपलब्ध गराउदै जन्मदिनको खुसी बिद्यार्थी बालबालिका सग साट्नु भएको हो ।

एक कार्यक्रमका बिच २९ जना विद्यार्थीलाई न्यानो लुगा उपलब्ध गराईएको छ ।पौडेलले एक जनाको सहयोगले मात्रै नभै एक एक जनागरी सबैको सामुहिक प्रयासले सकारात्मक नतिजा ल्याउन सकिने भन्दै जन्मोत्सव जस्ता अवसरहरुमा फजुल खर्च नगरी सामाजिक काम गर्न समेत पौडेलले आग्रह गर्नु भयो ।कार्यक्रममा स्थानिय समाजसेवी,जनप्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस