पाल्हीनन्दनका अग्नी पिडितलाई राहात सामग्री वितरण

  • hamroaakha
  • / कर्णाली /
  • २०८१ बैशाख ८, शनिबार (१२ महिना अघि)
  • ३८ पटक पढिएको

८ बैशाख, नवलपरासी । पाल्हीनन्दनका अग्नी पिडितलाई राहात उपलब्ध गराउन सुरु गरिएको छ । शुक्रबार साँझ आगलागी हुँदा वडा नम्बर ६ पडरीमा ११ वटा घर जलेर नष्ट भएका थिए । अग्नी पिडित परिवाका लागि रेडक्रश सोसाईटी पराखी शाखाको तर्फबाट राहात सामग्री उपलब्ध गराईएको छ ।

 

 

 

 

शुक्रबार नै गाउँपालिकाको तर्फबाट खाद्यान्न र दैनिक प्रयोग हुने बस्तुहरु उपलब्ध गराईएको अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) ले बाउनुभयो । गर्मी याम सुरु भए संगै आगलागीका घटनाहरु बढिरहेको र यसले धनजनको क्षती हुन सक्ने भन्दै सबैलाई सचेत रहन गाउँपालिकाले आग्रह गरेको छ ।

शुक्रबार भएको आगलागीमा परि ८ वटा बाख्रा मरेका छन् । आगलागीबाट मानविय क्षती नभएको अध्यक्ष गुप्ताले बताउनुभएको छ । दिउँसो ४ बजे भएको आगलागी बर्दघाट नगरपालिका र रामग्राम नगरपालिका बाट पुगेका दमकल, सुरक्षाकर्मी र स्थानियको सहयोगमा साँझ पौने ६ बजे मात्र नियन्त्रणमा आएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस