रुपन्देहीमा डेङ्गु र ईन्सेफ्लाईटिस बाट दुईको मृत्यु

रुपन्देही जिल्लामा लामखुट्टेद्वारा सर्ने जापानिज इन्सेफ्लाइटिस र डेंगु संक्रमण बढ्दै गएको छ । यसका कारण दुई जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

यस वर्ष जापानिज इन्सेफ्लाइटिसबाट १० र डेंगुबाट १८४ जना संक्रमित भएका छन् । स्वास्थ्य कार्यालयका वरिष्ठ भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार तिलोत्तमा नगरपालिकाका एक पुरुष जापानिज इन्सेफ्लाइटिस र नवलपरासी बर्दघाटका एक पुरुषsf] डेंगुबाट क्रिसमस अस्पताल मणिग्राममा मृत्यु भएका हुन् ।

यस वर्ष रुपन्देहीमा सात पालिकामा जापानिज इन्सेफ्लाइटिसका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकालाई सचेतनामूलक अभियान चलाउन निर्देशन दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस