बर्दघाट्बाट १८ वटा गोरु बोकेको ट्रक चालक सहित नियन्त्रणमा

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८२ भाद्र १२, शुक्रबार (२ हप्ता अघि)
  • ११५ पटक पढिएको

नवलपरासी,पश्चिम् । पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले अवैध रुपमा ओसारपसार गरिरहेको गोरु सहितको ट्रक नियन्त्रण लिएको छ । ट्रकमा १८ ओटा गोरुसहित तस्करीमा प्रयोग गरिएको एक ट्रक समेत नियन्त्रणमा लिएको छ।

बर्दघाट नगरपालिका–४ को टिसिएन चोकमा पश्चिमतर्फबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ९१७७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो। प्रहरीले चेकजाँच गर्दा ट्रकभित्र १८ वटा गोरु फेला पारेको थियो। तीमध्ये एक गोरु मृत अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले जानकारी दिनुभयो ।

गोरुलाई बर्दघाट नगरपालिकाका पशु चिकित्सकको रोहवरमामा आवस्यक कानुनी प्रक्रिया पूरा हरी सुनवल नगरपालिका–३ कीर्तिपुरस्थित कामधेनु गौशालामा बुझाइएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न ट्रक चालक मकवानपुर, हेटौंडा–१९ बस्तिपुरका २८ वर्षीय तोयनाथ शिवाकोटीलाई नियन्त्रणमा लिएर पशुपंक्षि सम्बन्धि कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस