५० किलोको एक बोरा युरिया मल भित्र साढे ४ किलोको ढुङ्गो !

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८२ भाद्र ४, बिहिबार (३ हप्ता अघि)
  • १०५ पटक पढिएको

नवलपरासी,पश्चिम्

पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकामा किसानले पाएको युरिया मल भित्र सिमेन्टको पिल्लर जस्तो आकारको देखिने ठोस बस्तु भेटिएको छ ।

वडा नम्बर १४ मा रहेको दाउन्नेदेवी सानाकिसानको कार्यालयमा बुधबार बाडिएको मल भित्र ढुङ्गा/सिमेन्ट पिल्लर जस्तो देखिने ठोस बस्तु फेला परेपछि किसान आश्चर्यमा परेका छन ।सहकारीले ५० किलोको एक बोरा मल तीन जनालाई भाग लगाएको थियो ।

किसानले बोरा घर लगेर खोल्दा उक्त बस्तु भेटिएको हो ।एक किसानको भागमा जम्मा १६ किलो बढी युरिया पर्ने भएपनी उक्त ठोस बस्तु नै झन्डै साढे ४ किलोको भेटिएको हो । कृषि सामाग्री कम्पनी लिमिटेडले स्थानीय तहलाई उपलब्ध गराएको युरिया मलको बोरामा बोरा खोलेर हेर्दा देखिएपछि उक्त ठोस बस्तुलाई तौल गर्दा साढे ४ किलो रहेको स्थानीय मान बहादुर ढकालले बताए ।ढुङ्गा भेटिएपछि ढुङ्गाको तौल कटाएर बाकि मल तीन जनालाई भाग लगाईएको छ ।

“सानो तिनो केही बस्तु भेटिनु त स्वभाविक हो,त्यत्रो ठूलो ढुङ्गा बोरा भित्र कसरी भेटिन्छ”यो अनौठो कुरा भयो,ढकालले भने ।मल लिन बिहान २ बजेदेखि लाईन बसेको उपहार ढुङ्गो पाईएछ”ढकालले व्यंग्य गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस