नवलपरासी । शैक्षिक ऐक्यबद्धताको समूह (जिसन) नवलपरासीले एक कार्यक्रमको आयोजना गरि २३ औं स्थापना दिवस मनाएको छ ।कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यले सरकारी र निजि विद्यालयलाई हेर्ने दृष्टिकोण समान नरहेको र यस कारण शिक्षामा समेत विभेद गरिएको बताए।
बिहीबार सुनवलमा आयोजित कार्यक्रममा बोल्ने सहभागीहरुले शिक्षामा समान नीति नियम लागू गर्नुपर्नेमा उनिहरुले जोड दिएका छन् ।शैक्षिक क्षेत्रको बिकासमा निजि विद्यालयहरुको समेत महत्त्वपूर्ण योगदान रहेकाले राज्यले निजि विद्यालयप्रती समान ब्यवहार गर्न सक्नु पर्ने सरोकारवालाहरुले औँल्याए ।
उनिहरुले समय क्रमको विकास सगै प्रविधिमैत्री शिक्षण सिकाई सहितको गुणस्तरीय शिक्षाको प्रतिस्पर्धालाई जोड दिनु पर्ने धारणा ब्यक्त गरे ।
कार्यक्रममा सुनवल नगरपालिकाका नगरप्रमुख बिमला अर्यालले शिक्षा क्षेत्रलाई गतिशिल बनाउन निजी विद्यालयहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै निजी विद्यालयहरूले व्यवसायीकताभन्दा प्रविधिमैत्रीसहितको गुणस्तरीय शिक्षामा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिनुभयो ।संघ सरकारको नीति अनुरुप चाहादा चाहदै पनी स्थानीय तहले निजि विद्यालयहरुलाई लगानी गर्न नमिल्ने बाध्यात्मक अवस्था रहेको उल्लेख गर्नु भयो ।पछिल्लो समय समाजमा नकारात्मकता फैलेको भन्दै नगरप्रमुख अर्यालले सु-सस्कृत र सभ्य समाज निर्माण गर्ने शिक्षा समेत अहिलेको आवश्यकता रहेको उहाँले बताउनु भयो ।सर्टिफिकेट हालिसले मात्रै समाज रुपान्तरण हुन नसक्ने अर्यालको भनाई थियो ।
जिल्ला अध्यक्ष थमन शेरचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रामग्राम शिक्षा शाखाका प्रमुख सुन्दर खनाल, सुनवल शिक्षा शाखाका प्रमुख पशुपति भट्टराई, जिसन नवलपरासीका वरिष्ठ सल्लाहकारद्धय इन्द्र गुरूङ, धनराज चापागाईँ, सल्लाहकार सन्तोष रौनियार, पुस्तक व्यवसायी संघका पूर्वकेन्द्रीय अध्यक्ष हरि अर्याल, बुटवलका पुस्तक व्यवसायी गोपाल बस्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष केशव पराजुली,जिसन नवलपरासीका उपाध्यक्ष सञ्जय ढुङ्गाना, प्रकाशन गृहका प्रकाशक अन्नत तिवारी, पत्रकार कुस्माकर ढकाललगायतले गुणस्तरीय शिक्षालाई सुनिश्चित गर्न सरकारले नीति नियमलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
जिसनमा आबद्ध विद्यालयहरूमध्ये एसईई परीक्षामा छात्रतर्फ सर्वाेत्कृष्ट ३.९६ जिपिए प्राप्त गर्ने सुनवल युनाईटेड स्कुलका वसन्त ढकाल र छात्रातर्फ सर्वाेत्कृष्ट ३.८७ जिपिए प्राप्त गर्ने सोमनाथ स्कुलका रश्मी ओेलीलाई सम्मान गरिएको थियो । जिसनमा ३४ विद्यालय आबद्ध रहेको जिल्ला सचिव बलिराम यादवले जानकारी दिनुभयो ।