सांसद चौधरीलाई बारम्बार घोचिरहने अधुरो खजुरा पुल

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८२ श्रावण १९, सोमबार (१ महिना अघि)
  • २१२ पटक पढिएको

 

मुक्ति तिवारी
नवलपरासी,पश्चिम् ।नेपालमा शिलान्यास गरेर आयोजना अलपत्र हुनु नौलो विषय भने होइन ।तर महत्वपूर्ण आयोजना हरू अलपत्र पर्दा आम नागरिकलाई असहज त पक्कै भएको छ भने यो विषयलाई लिएर जनप्रतिनिधिलाई पनि आम नागरिकले घोचिरहेका हुन्छन ।जनताले झकझक्याई रहेका हुन्छन ।यस्तै निर्माण सम्पन्न हुन नसकेको योजना हो बर्दघाट नगरपालिका वडा नम्बर १६ र ५ जोड्ने निर्माणाधीन खजुरा पुल ।

सांसद चौधरीले शिलान्यास गरेको यो पुलको निर्माण कार्यले गति लिने र छोड्ने हुँदा अहिले सम्म पुल बन्न नसक्दा वर्षायाममा नागरिकले निकै सास्ती भोगेका छन् ।अहिले निर्माणाधीन अवस्थामै रहेको यो पुल पेचिलो विषय बनेको छ ।पुलले सांसद चौधरीलाई बारम्बार गिजोली रहेको छ ।हतारमा शिलान्यास गरेर पुल निर्माण सम्पन्न नभएको भन्दै चौधरीमाथि नै नागरिकले प्रश्न तेर्स्याउँदा चौधरीका लागी पुल शिलान्यास नै भुल भएझैँ बनेको छ ।

राज्यले बजेट बिनियोजन गर्न नसक्दा यो पुल अलपत्र जस्तै बन्न पुगेको छ ।हाल सम्म फाउन्डेसनको काम गरेको ठेकेदार कम्पनीको भुक्तानी समेत रोकिँदा पुलको थप काम अघि बढ्न सकेको छैन ।

अस्थाई रुपमा ह्युम पाइप राखेर आउजाउ सहज बनाईएपनी पानीले पटक पटक बगाउँदा जोखिमको यात्रा हुने गरेको छ ।केही दिन अघि मात्रै एक कार्यक्रममा पुलका विषयमा बोल्दै सांसद चौधरीले आफ्नै पहलमा बजेटको वैकल्पिक व्यवस्थापन गरी काम अघि बढाइएको प्रष्ट पारेका थिए ।

तर सांसद चौधरीले पहल गरेपनि पुल निर्माण सम्पन्न नभएसम्म आम नागरिकले पत्याएका भने छैनन ।”उहाँले शिलान्यास गरेको हो,यतिका समय सम्म पुल अलपत्र छ हतारिएर शिलान्यास गरियो, बनाउन पनि त्यत्तिकै हतारिन पर्यो,यो बर्खामा कतिले दुख पाएका छन,को सग गुहार माग्ने हो”एक स्थानीयले भने ।

राज्यले अघि सारेका कयौँ आयोजनाहरूमा बजेटको सुनिश्चितता नहुँदा जनप्रतिनिधिलाई यस्ता अधुरा योजना टाउको दुखाईको बिषय बन्दै आएको छ ।बजेटको अभाव भएपछि सांसद चौधरीले नबिल बैङ्क मार्फत ठेकेदारलाई वैकल्पिक रुपमा बजेट सुनिश्चित गरेपछि मात्रै हाल सम्मको प्रगति भएको चौधरीको सचिवालय निकटको भनाई छ ।

यता सांसद चौधरीले भने पुलका लागि आफूले सम्बन्धित निकायमा पटक पटक ताकेता र पहल गरिरहेको बताउँदै आएका छन् ।तर समयमै पुल निर्माण सम्पन्न नहुँदा यो पुल यतिकै अलपत्र हुने त होइन भन्नेमा आम नागरिक चिन्तित देखिएका छ्न ।

पुलका विषयमा थुप्रै आवाज उठेपछि बर्दघाटको एक कार्यक्रममा बोल्दै चौधरीले बजेट बिनियोजन भएपनी निर्माण कम्पनीहरुलाई राज्यले भुक्तानी दिन नसक्ने समस्या छँदा छँदै आफू सग भएका वैकल्पिक श्रोत साधनबाट काम अघि बढाउने पहल गरिएको बताए ।

हुलाकी सडक लगायत अन्य अलपत्र आयोजनाहरु पछिल्लो समय आफ्नो पहलपछी ती कामले गतिलिएको चौधरीको दावी छ ।यतिबेला खजुरा पुल सांसद चौधरीको प्रतिष्ठा सग समेत जोडिएको छ ।झण्डै १० करोडको लागतमा बन्ने पुलको २०७७ सालमा मृत सन्जिवनी निर्माण सेवाले निर्माणको जिम्मा लिएको थियो ।सांसद चौधरीले पुलका विषयमा जति नै प्रष्ट्याए पनि निर्माण सम्पन्न नहुँदा सम्म स्थानीयहरु विश्वस्त देखिदैनन ।

यता चौधरीलाई भने खजुरा पुल गलाको पासो बनेको छ । यता ठेकेदार कम्पनीले भने बजेटको समस्या भएपनी अहिले भने बर्षायामका कारण पनि काम हुन नसकेको उल्लेख गरेको छ ।सम्झौता भएको लामो समयसम्म पनि विभिन्न कारणहरु देखाउदै पुल निर्माण भने अधुरै रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस