गर्विलो ईतिहास बोकेको परासी पत्र १२ औं बर्ष प्रवेश,अनलाईन संस्करण शुभारम्भ

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८२ श्रावण १४, बुधबार (१ महिना अघि)
  • ३६८ पटक पढिएको

 

मुक्ति तिवारी
नवलपरासी,पश्चिम्

वि.सं.२०७१ साल साउन १३ गतेदेखि प्रकाशन प्रारम्भ गरेको गर्विलो ईतिहास बोकेको जिल्लाको पहिलो साप्ताहि पत्रीका परासी पत्रले११ औं वर्ष पार गरी १२ औं बर्षमा पुग्न सफल भएको छ ।सुरुवात देखि नै अविछिन्न रुपमा “ग्रामीण विकासको आधार–गाउँ गाउँमा सञ्चार” भन्ने मूल नारा तय गरेर समाचारमुलक सामाग्रीहरु प्रकाशन गर्दै आईरहेको परासी पत्र निकै उतारचढावका बाबजुद १२ औं बर्षमा पुग्न सफल भएको हो ।
मङ्गलबार एक भव्य समारोहका बिच परासी पत्रको अनलाईन सस्करणको समेत शुभारम्भ गरिएको छ ।पुर्व कानुन मन्त्री सङ्घिय सांसद ध्रुव प्रधानले अनलाई सस्करणको शुभारम्भ गर्नु भएको हो ।

राजनीतिक बिषयबस्तु मात्रै संचार क्षेत्रको प्राथमिकतामा पर्दै आईरहेको सन्दर्भमा स्थापना कालदेखि नै पत्रीकाले जिल्लाका हरेक बिषयबस्तुलाई प्राथमिकताका साथ समेट्दै आईरहेको छ ।प्रविधिको उल्लेख बिकास नहुदै परासी पत्रले बिगतका दिनबाट ग्रामिण दुरदराजका बस्तीहरुमा जिल्लाका सुचना संदेश र जनचासोका बिषय नागरिकको हातहातमा पुर्याउदै आएको थियो ।संचार र सुचनाको पहुँचमा नपुगेका बस्तीहरुमा परासी पत्र आम नागरिकको मनमा बस्न सफल भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छ्न ।

बाह्रौ बर्ष पुगेको सन्दर्भमा आयोजित समारोहमा पुर्व कानुन मन्त्री प्रधानले परासी पत्रले जिल्लामा पुर्याएको योगदान अनुकरणीय रहेको उल्लेख गर्दै आगामी दिनमा समेत बेथितिका विरुद्धमा कलम चलाउनु पर्नेमा जोड दिनु भयो ।

पत्रकार महासंघका निबर्तमान अध्यक्ष बिपुल पोखरेलले अहिलेको परिस्थितिमा पत्रीका यो अवस्थामा आईपुग्नु चुनौतीपुर्ण रहेको बताउदै अनवरत रुपमा गरेको संघर्ष नै उपलब्धि मुलक भएको र अहिलेको मिडिया बाच्नु नै चुनौती रहेको अवस्थामा अनुकरणिय भएको र यसले अरुलाई पनि सिकाई हुनु पर्ने बताउनु भयो ।

विभिन्न राजनीतिक दल एवम् स्थानीय पालिकाका प्रमुखहरुले पत्रीकाले आगामी दिनमा नकारात्मकता मात्रै नभएर स्थानिय तहका राम्रा पक्ष बिकास निर्माण र पर्यटनका बिषयबस्तु हरु समेट्दै लैजादा थप प्रभावकारी रहने सुझाव दिए ।

अनलाइन संस्करणमार्फत् परासी पत्रको विश्वसनीयतालाई थप उचाइँमा पुर्याउँदै प्रविधिमैत्री र सूचना प्रवाहमा अग्रणी सञ्चार माध्यम बनाउने हाम्रो सङ्कल्प रहेको र परासी पत्रलाई “सबैको सञ्चार माध्यम” बनाउने दृढ़ सङ्कल्पका साथ अघि बढिएको पत्रीकाका सञ्चालक एवम् प्रकाशक हरी शर्माले बताउनु भयो ।पत्रीकाले मुख्य समाचारको रुपमा कहिल्यै पनि राजनीतिक बिषयबस्तुलाई प्राथमिकता नदिएको शर्माले बताउनु भयो ।

शर्मा नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका निबर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।”म मृत्युुको मुखमा फर्किएको बाचेको मान्छे हुँ,म अस्पतालको शैयामा हुदा पनि मेरो दुईवटा ईच्छा थिए एउटा बाच्नु र अर्को बाँचे भने एउटा पत्रीका चलाउने थियो,यो बिज्ञापन दाता पाठकहरुको योगदान नै मुख्य हो”शर्माले भन्नू भयो ।

जिल्लामा हालसम्म ३८ वटा पत्रीका दर्ता भएपनि निरन्तरता हुन नसकेकोमा परासी पत्र भने साताको मङ्गलबार निरन्तर रुपमा प्रकाशन हुँदै आएको छ ।जिल्लामा सन्चालित केही पत्रीका कोभिडका समयमा बन्द भएपछी अहिले जिल्लामा नियमित रुपमा परासीपत्र मात्रै नियमित रुपमा प्रकाशन हुँदै आईरहेको छ ।

कार्यक्रममा भिभिन्न संघ सस्था,विभिन्न दलका नेतृत्व,प्रतिनिधि,बिज्ञापन दाता एव पत्रकारहरुको उल्लेख्य सहभागीता रहेको थियो ।जिल्लाको संचारजगतमा परासी पत्रले एउटा पृथक ईतिहास रचेको भन्दै सहभागीहरुले पत्रीकाको निरन्तरताको शुभकामना ब्यक्त गरे ।

 

 

 

ताजा अपडेट

खोजी गर्नुहोस