१२ भाई वडा अध्यक्षको ठम्याई : मेयर उपमेयर एउटै कित्तामा,आफुहरु भित्तामा

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८२ श्रावण १२, सोमबार (१ महिना अघि)
  • ३८७ पटक पढिएको

मुक्ति तिवारी
नवलपरासी,पश्चिम।बर्दघाट नगरपालिकामा जनप्रतिनिधिबिचको बिवाद चर्किएको छ ।नगर प्रमुख शम्भुलाल श्रेष्ठले बिषयगत समिति विघटन गरेदेखी यता बिवाद दिनप्रतिदिन चुलिदै गएको छ ।नगरप्रमुखले एकलौटी रुपमा निर्णय गरेको वडा अध्यक्षहरुको आरोप छ ।नगर प्रमुख शम्भुलाल श्रेष्ठले भने अधिकाङ्स बिषय छलफल बाटै टुङ्गिएको बताउदै आउनु भएको छ ।केही कुरामा बिमती देखिएपनी प्राय छलफलबाटै टुङ्गिने गरेको श्रेष्ठको दावी छ ।तर वडा अध्यक्षहरुले कतिपय बिषयहरु छलफल र सुनुवाइ नहुने बताएका छ्न ।

निकै रस्साकस्सीका बाबजुद नगरपालिकाले बजेट पास गरेको थियो ।यतिबेला वडा अध्यक्षहरुले नगरपालिकाले सरुवा गरेका ९ जना स्वास्थ्यका कर्मचारीको बिषयलाई लिएर बिरोध जनाउदै आएका छन ।

आफुहरुलाई थाहै नदिई कर्मचारी सरुवा गरेको भन्दै उनिहरुले नगर प्रमुख समक्ष ध्यानाकर्षण पत्र बुझाएका छन ।सरुवाको निर्णय फिर्ता नलिए आल्दोलनमा उत्रने उनिहरुको चेतावनी छ ।वडा नम्बर १,२,३ र ५ बाहेक सबै वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूको हस्ताक्षर सहित नगर प्रमुख श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।

अध्यक्षहरुलाई थाहै नदिई आफुहरुको मानमर्दन हुनेगरी कर्मचारीको घरपाई नहेरी अमर्यादित ढङ्गबाट गरिएको सरुवा आपत्तिजनक रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।निर्णय फिर्ता नलिए आफुहरु विभिन्न स्वरुपका आन्दोलनमा उत्रने नगर प्रवक्ता सन्तबहादुर गाहले बताउनु भयो ।”हामिले यत्रो तीन बर्ष सम्म कहाँनेर असहयोग गर्यौ,असहयोग नै गर्ने भएको भए यत्रो तीन बर्ष कसरी चल्न सक्थ्यो,केही कुरामा आपत्ति जनाईयो,यसो भन्दै गर्दा उहाँहरुले हाम्रो बिषयलाई अन्य भाष्य बनाएर नजर अन्दाज गर्न मिल्दैन”प्रवक्ता गाहाले भन्नू भयो ।नगरप्रमुख र उपप्रमुखले रातारात सरुवाको निर्णय गराएको वडा अध्यक्षहरुको आरोप छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले भने विधि र मापदण्डका आधारमा गरिएको सरुवा प्रक्रिया नियमित भएको बताउदै आउनु भएको छ ।तर वडा अध्यक्षहरु भने यो कुरा मान्न तयार छैनन उनिहरुले यो निर्णयलाई मानमर्दन को रुपमा लिएका छ्न ।

कार्यपालिका बैठक र नगरका कतिपय निर्णयमा फरक मत राख्दै आउनु भएका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले पछिल्लो समय आफुहरुको साथ छोडेको वडा नम्बर ९ का अध्यक्ष चन्द्रकान्त चापागाईंको भनाई छ ।”कतिपय कुरामा हामिले नै बोकियो अहिले आएर देखियो,अब देखि बोकिन्न,अहिले बुझियो”चापागाईंले भन्नू भयो ।पछिल्लो समय उपप्रमुख रुद्र प्रकाश उपाध्यायको समेत द्वेध चरित्र देखिएको वडा अध्यक्षहरुको आरोप छ ।आफुहरुलाई प्रयोग गरिएको उनी निकट वडा अध्यक्षहरुले नै उपाध्याय प्रती असन्तुष्टि जनाएका छ्न ।

केही वडा अध्यक्षहरुले यसलाई बहुमतको दम्भमा गरिएको बिरोध भएको बताउदै आएका छ्न भने असन्तुष्ट वडा अध्यक्षहरुले भने विधि र मापदण्डमा नगरपालिका चल्नका लागि आफुहरुको दवाब रहेको बताउदै आएका छ्न ।ध्यानाकर्षण पत्र बुझाएपछि नगर प्रमुख श्रेष्ठको कार्यकक्षमा बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको बताईएको छ ।

पछिल्लो समय विभिन्न बिवादका कारण शक्ति सन्तुलनको असर देखिएको छ भने अंक गणित हिसाब समेत हुन थालेको छ ।

बिगतमा नगर प्रमुख र उपप्रमुख बिचको शितयुद्द मिलाउनका लागि पटक पटक अग्रसर देखिएको गठबन्धन नेतृत्व पङ्ती पछिल्लो गतिविधिमा भने मौन देखिएको छ ।

 

 

 

 

 

 

ताजा अपडेट

खोजी गर्नुहोस