मुक्ति तिवारी
नवलपरासी,पश्चिम् ।भारतीय सीमा क्षेत्रबाट अवैध रूपमा भित्रने सेतो अण्डा त्रिवेणी बजारका होटल तथा स-सना खाजा पसल देखि किराना पसलमा छ्यापछ्यापती देखिएका छ्न।कानुनत:यो बन्देज भएपनी प्रहरी प्रशासनको आँखा छलेर अण्डा सिमा बाट नेपाल भित्रने गरेको छ ।
उसो त यस बिषयमा प्रहरी प्रशासन बेखबर भने छैन तर नियमक निकाय मुखदर्शक बनेर बसेका छ्न ।पर्यटकको आकर्षण रहने दिनहुँ सयौ पर्यटक भित्रने त्रिवेणीमा खुलेयाम रुपमा प्रतिबन्धित सेतो अण्डा बिक्रि भैरहदा आम पर्यटक एवं उपभोक्ताको श्वास्थ्यमाथी खेलवाड भैरहेको छ ।त्रिवेणिमा मात्रै होईन जिल्लाको गोपिगन्ज,परासी देखि अधिकाङ्स ठाउँमा निर्वाद रुपमा सेतो अण्डा बेचबिखन भैरहेको छ ।अनुगमन गर्ने सम्बन्धित नियमक निकायले प्रचारमुखी अनुगमन गरेपनी प्रतिबन्धित सेतो अण्डा बेचबिखनमा रोक लगाउन कसैको ध्यान पुगेको देखिदैन ।
यसले आम उपभोक्ताको स्वास्थमा असर पर्ने जोखिम त रहेकै छ भने अर्कातिर नेपाली अण्डाको बजार समेत प्रभावित भएको छ। यही कारण लामो समयपछि लागत मूल्य पाउन सफल कुखुरा पालक किसान निराश हुँदै गएका छन ।पटक पटक प्रहरी प्रशासन,स्थानिय तह,सिडियोलाई ध्यानाकर्षण गराई छलफल गर्दा यस बिषयमा कसैले चासो नलिएको अण्डा उत्पादक संघ नवलपरासीका पुर्व अध्यक्ष गोविन्द थापाले बताउनु भयो ।
“सिडियो,सहायक सिडियो,एसपी,डिएसपी सग पटक पटक छलफलमा बस्यौं तर चासो लिईएन,हामी अण्डा उत्पादक किसान भारतिय सेतो अण्डा खुलेयाम भित्रदा निकै मारमा छौं”थापाले भन्नू भयो ।
रोगको सङ्क्रमणका कारण कानुनी रूपमा प्रतिबन्धित अण्डा निर्वाध रूपमा सीमा क्षेत्र पार गरेर आएको किसानहरूको गुनासो छ।बेला बेला तस्करहरु सगै प्रहरीको मिलेमतो भएको भन्ने टिकाटिप्पणी भैरहदा किसानहरुले सेतो अण्डा भित्रनुमा पनि आशङ्का व्यक्त गरेका छ्न ।
किसानले लागत मूल्य पाएर केही हदसम्म राहत पाउन थालेको बेला एकाएक भारतीय अण्डा भित्रिएपछि बजारमा समस्या देखिएको बर्दघाट १४ स्थिति जिसि पोल्ट्री फर्मका सञ्चालक हरी जिसिले बताउनुभयो।”हामिले मझौला साईजको अन्डा बल्ल तल्ल अधिकतम भनेको ४ सय ६० मा बेच्नु पर्ने हुन्छ,सेतो अण्डा लगभग दुई सयकै हाराहारी पाईन्छ,अब हामिले कसरी प्रतिस्पर्धा गर्ने”जिसिले भन्नुभयो ।जिसिको फर्मबाट मासिक झण्डै ८० हजार बढी अण्डा उत्पादन हुने उनले बताउनु भयो।
सशस्त्र प्रहरी सिमा सुरक्षा बल बेलासपुरका एसपी सन्तोष रायमाझीले भारतीय सिमाबाट भित्रने अवैध खुकुराको व्यापक रुपमा नियन्त्रण गरीको भएपनी अनेक तवरले लुकाएर ल्याईने सेतो अण्डाको नियन्त्रणमा त्यति उल्लेख काम गर्न नसकिएको बताउनुभयो ।”खुकुरा सहितका झण्डै एक सय ओटा मोटरसाइकल हामिले समाएर बुझाएका छौं,अण्डाको हकमा अनुगमन समिती पनि छ,यदा कदा बजारमा देख्ने पनि गरिन्छ सेतो अण्डा तर त्यति नियन्त्रण चाहिँ भएको छैन,हामिले कोसिसै नगरेको पनि होईन”एसपी रायमाझीले भन्नुभयो ।
सरकारले भारतीय अवैध अण्डा रोक्नुपर्छ। जसले नेपालको आत्मनिर्भर बनेको अण्डा उत्पादन क्षेत्रलाई जीवित राख्छ सक्ने आम कृषकहरुको भनाई छ ।