नवलपरासी,पश्चिम् । सबैका लागि शिक्षा भन्ने उदेश्यले बर्दघाट नगरपालिका वडा नं. १ मा रहेको बाल्मीकि मा.बि.ले नगरमा नै पहिलो पटक समावेशी शिक्षा शुरु गरेको छ । अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा कामगर्दै आएको सहयात्री नेपालसंगको समन्वयमा समावेशी शिक्षा शुरु गरीएको विद्यालयकी प्रधानाध्यापक रामकुमारी पाध्यायले बताउनु भयो ।
सहयात्री नेपाल,बर्दघाट–१४ मा रहेका १० जना र अन्य १७ जना गरी २७ जना अपाङ्गता भएका बालबालिकालाई सहजरुपमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि फाउण्डेसन अड्रे ज्याकब र सामा नामक सस्थाले सहयोग गर्ने गरी बाल्मीकि मा.बि.मा पहिलो पटक समावेशी शिक्षा शुरु गरीएको हो ।
शारीरिक अपाङ्गता, दृष्टिसम्बन्धी अपाङ्गता,श्रवणशक्ती नभएका र दृष्टिविहीन, स्वर बोलाइसम्बन्धी अपाङ्गता, मानसिक अपाङ्गता, बहु अपाङ्गता भएकाहरूका लागि तालिम प्राप्त शिक्षक र बालबालिकाहरुका लागि छुट्टै कक्षा कोठाको ब्यवस्था गरेसंगै एक कार्यक्रमका विच समावेशी शिक्षाको समुद्घाटन गरीएको प्रधानाध्यापक पाध्यायको भनाई रहेको छ ।
नगर प्रमुख श्रेष्ठले नगरका सबै प्रकृतिका बालबालिकाहरु शिक्षाबाट बञ्चीत नहुन भन्ने उद्धेश्य सहित नगर अघि बढेको बताउनु भयो ।सबै कुरा स्थानीय सरकारले मात्रै गर्छ भन्ने भन्दा पनि सबैको हातेमालो बाट नै सकारात्मक कामको सुरुवात हुने र त्यसले नतिजा पनि सकारात्मक दिने नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।
अपाङ्गता भएका बालबालिकाहरुको लागि नगरले भौतिक संरचना सहितको लगानी गरेर सहयात्री नेपालसंग सहकार्य गर्दै अघि बढेको बताउनु भयो । त्यसैगरी सोही कार्यक्रममा बोल्दै नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले अपाङ्ता भएका बालबालिकाहरुको भविस्य उज्जवल बनाउने कार्यमा सहयात्री नेपालले राम्रो काम गरेको बताउनु भएको थियो ।सस्थाकी अध्यक्ष तिल कुमारी श्रेष्ठले सस्थाको मर्म र उदेश्य अनुरुप स्थानिय तहहरुले अपनत्व लिन सके थप प्रभावकारी हुने र कोहि पनि शिक्षा बाट बन्चित हुनु नपर्ने बताउनु भयो।