दाउन्नेमा साँझ ७ देखि बिहान ५ बजे सम्म सबै सवारी सञ्चालनमा रोक

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८२ अषाढ ७, शनिबार (२३ घण्टा अघि)
  • ६७ पटक पढिएको

नवलपरासी,पश्चिम्

पुर्व पश्चिम राजमार्ग अन्तर्गत दुम्किबास दाउन्ने खण्डमा ठुला र भारी सवारी संचालनमा रोक लगाइएको छ । दाउन्ने खण्डमा सडक चिप्लो र डाइभर्सनमा गाडी फस्ने समस्या भएपछि सडक बिभाग र प्रशासनले यस्तो निर्णय गरेको हो ।

निर्माणाधिन नारायणघाट-बुटवल सडकको दुम्कीबास स्थित विनयी खोला पुलको डाईभर्सन सडक बर्षाले बारम्बार बगाईरहेकोले नयाँ पुल सन्चालनमा नआउदासम्म मालबहाक सवारी संचालनमा रोक लगाइएको पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनु भयो ।

दाउन्ने खण्डको केही स्थानहरुमा ग्राबेल राखेर सडक मर्मत गर्ने काम भईरहेको छ ।आयोजनाले सुचना जारी गर्दै यो सडक खण्डमा साँझ सात बजेदेखि बिहान पाँच बजेसम्म सबै प्रकारका सवारी संचालनमा समेत रोक लगाईएको छ । बैकल्पिक सडक प्रयोग गर्नु प्रशासनले आग्रह गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस