जिसनद्वारा आयोजित स्पेलिङ कन्टेस्टमा सुनवल युनाइटेड सेकेन्डरी स्कुल प्रथम

  • hamroaakha
  • / शिक्षा /
  • २०८२ अषाढ ७, शनिबार (१ दिन अघि)
  • ११२ पटक पढिएको

नवलपरासी

जिसन नवलपरासी द्वारा आयोजित स्पेलिङ कन्टेस्टमा सुनवल युनाईटेड सेकेन्डरी स्कुलले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।त्यसै गरि द्वितीयमा मुनलाईट सेकेन्डरी स्कुल भैरहवा,तृतीयमा ज्ञानकुन्ज ईङ्ग्लिस स्कुल र स्पाईन ईङ्ग्लिस स्कुल सुनवलले चौथो स्थान प्राप्त गरेका छ्न ।प्रतियोगितामा २९ वटा स्कुल सहभागी भएका थिए ।

जिसन अध्यक्ष थमन शेरचनको अध्यक्षता एवम्  जिसन नवलपरासीका वरिष्ठ सल्लाहकार धनराज चापागाईंको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा बोल्दै चापागाईंले विद्यार्थीहरुलाई अतिरिक्त सिकाईबाट उनिहरुको प्रतिभा प्रस्फुटन गर्ने बाताबरण प्रत्येक शैक्षिक सस्थाले गर्नु पर्नेमा जोड दिनु भयो ।कार्यक्रमका बारेमा कार्यक्रम संयोजक सोमनाथ पाठकले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा आफ्ना धारणा राख्दै जिसन प्रमुख सल्लाहकार डम्बर गुरुङ र वरिष्ठ सल्लाहकार ईन्द्र गुरुङले जिसनले बिगत देखि नै विभिन्न शैक्षिक गतिविधिहरु संचालन गर्दै आईरहेको उल्लेख गर्दै निजि क्षेत्रका शैक्षिक सस्थाहरु अतिरिक्त कृयाकलाप देखि शैक्षिक  गुणस्तरमा समेत अब्बल रहेको बताउनु भयो ।

जिसन नवलपरासीका उपाध्यक्ष सन्जय ढुङ्गानाको स्वागत रहेको कार्यक्रममा वरिष्ठ सल्लाहकार सन्तोस रौनियार , सल्लाहकारहरु कृष्ण आचार्य , भग्वन्त धवल,दिपक पौडेल लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजीकरण चोलाकान्त रेग्मी र सह सहजकर्ता मनोज लामिछानेले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव बलिराम यादवले गर्नु भएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस