नवलपरासी,बर्दघाट
बर्दघाट नगरपालिका अन्तर्गत साविक दाउन्नेदेवि क्लस्टरका तिनवटा वडाले प्राथमिक तहका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेका छन ।वडा नम्बर १४,१५ र १६ को संयुक्त आयोजनामा वडा नम्बर १४ मा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुका साथै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी,बिषयगत शिक्षक एवम् अविभावकहरुलाई समेत सम्मान गरिएको छ ।
नगर प्रवक्ता एवम् वडा नम्बर १४ का अध्यक्ष सन्तबहादुर गाहको अध्यक्षता एवम् बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि शिक्षक,अविभावक,ब्यवस्थापन समिती र नगरपालिका एक भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।श्रेष्ठले नगरपालिकाले गुणस्तर वृद्धिमा जोड दिदै प्रविधी मैत्री शिक्षण सिकाईलाई नगरपालिकाले प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नु भयो ।
उपप्रमुख रुद्र प्रकाश उपाध्यायले आफुहरु निर्वाचित भएपछि सामाजिक क्षेत्रमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै विद्यालयको भौतिक पुर्वाधार सुधार सगै गुणस्तर सुधारमा समेत काम गरिरहेको बताउनु भयो ।
नगर प्रवक्ता सन्तबहादुर गाहाले विद्यार्थी आम अविभावक र शिक्षकहरुलाई प्रेरणा हौसला र उर्जा प्रदान गरी शैक्षिक गुणस्तरमा सुधार होस भन्ने उदेश्य अनुरुप कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।कार्यक्रममा नतिजाका आधारमा उत्कृष्ट विद्यार्थी र शिक्षकहरुलाई सम्मान गरिनुका साथै अविभावकहरुलाई समेत सम्मान गरिएको हो ।
दाउन्नेदेवि क्लस्टर अन्तर्ग्स्त पशुपति प्रा विका विद्यार्थी बेद बहादुर थारु प्रथम,दाउन्ने देवि प्रावी कि रितिका चौधरी द्वितीय र तृतीयमा समान अङ्क ल्याएका दाउन्ने प्रावीका अबिन सुनार र गङ्गा माबिका सुमन कुमाललाई पुरस्कार प्रदान गरिएको थियो ।यसै गरी उत्कृष्ट अंक ल्याउने बिषयगत शिक्षकहरुमा पम्फा थापा,पवित्रा चौधरी,ज्योती माया पौडेल,तक देवि पुन,मेघनाथ तिवारी र विश्व प्रकाश अधिकारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सामाजिक बिकास समिती संयोजक भिमकाजी गुरुङ,वडा नम्बर १५ का अध्यक्ष रुद्र आले एवं प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालको उपस्थिति रहेको थियो ।दाउन्ने क्लसटरका तीन वटा वडाले नया अभ्यासलाई निरन्तरता दिएका छन ।