अन्नपूर्ण पोल्ट्रीमा आगलागी ,५ हजार ७ सय चल्ला मरे, १० लाख क्षतिको अनुमान

  • hamroaakha
  • / आर्थिक /
  • २०८२ जेष्ठ २८, बुधबार (५ दिन अघि)
  • १०५ पटक पढिएको

 

नवलपरासी/बर्दघाट ।पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १४ गङ्गाबस्तीमा रहेको अन्नपूर्ण पोल्ट्री फर्ममा आगलागी भएको छ ।आगलागीमा परेर फर्ममा रहेका ५ हजार ७ सय कुखुराका चल्ला जलेर नष्ट भएका छन भने अन्य भित्री संरचना समेत जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीर दत्त पन्तले जानकारी दिनुभयो ।

बुधबार साँझ ७:४० बजेको समयमा आगलागी हुँदा प्यारेन्ट प्रजातिका ४ हजार ५ सय साना चल्ला र लेयर्स चल्ला १ हजार दुई सय वटा ठूला चल्ला गरि ५ हजार सात सय चल्ला जलेर मरेको पन्तले बताउनुभयो।विद्युत सर्ट भै आगलागी भएको फर्मका म्यानेजर ईमामुदिन अन्सारीको भनाई छ ।

बर्दघाट नगरपालिकाको दमकल र इलाका प्रहरी कार्यालय सेमरीको टोलीले आगलागी नियन्त्रणमा लिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस