नवलपरासी,पश्चिम्
नवलपरासी । पश्चिम नवलपरासीमा अत्याधिक गर्मीका कारण पठनपाठनमा असहज भएकोले विद्यालय बन्द गरिएको छ । स्थानिय तहहरुले जेष्ठ २७ देखि ३० गतेसम्म सामुदायिक विद्यालयमा बिदा दिएका छ्न ।
अत्यधिक गर्मी र विद्यार्थीहरुलाई पठनपाठनमा बिदा दिइएको पालिकाहरुले जनाएका छन। बर्खे बिदाबाट मिलान हुने गरि गर्मी बिदा दिइएको छ । विद्यार्थी एवं शिक्षकहरूको स्वास्थ्य सुविधालाई ध्यानमा राखेर तीन दिनका लागि बिदा दिइएको हो ।
स्थानीय विद्यालयहरूमा गर्मीको प्रकोप बढ्दै गएपछि यस्तो निर्णय लिइएको हो।जिल्लाका ७ वटा पालिका मध्ये पाल्हिनन्दन गाउपालिकाले भने एकैचोटि बर्खे बिदा दिने वा केही दिनलाई गर्मी बिदा दिने भन्ने बिषयमा छलफल भैरहेको शिक्षा शाखाले जनाएको छ ।
मौसम विभागले पनि यस क्षेत्रमा आगामी केही दिनसम्म तापमान बढ्ने अनुमान गरेको छ।केही दिन यता निकै चर्को घामका कारण यहाँको जनजीवन समेत प्रभावित बनेको छ ।जिल्लाका केही सस्थागत बिधालयहरुके समेत बिदा दिएका छन ।