जहदा पुस्तकालयद्वारा किशोरकिशोरीलाई पर्यटकिय स्थलको अध्ययन अवलोकन

  • hamroaakha
  • / पर्यटन /
  • २०८२ जेष्ठ १७, शनिबार (२ दिन अघि)
  • ९५ पटक पढिएको

 

नवलपरासी

जहदा सामुदायिक पुस्तकालयले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि प्रविधि युक्त (ट्याग गर्ल)किशोरकिशोरीहरुलाई नगरभित्र रहेका धार्मिक एवम् पर्यटकिय स्थलहरुको अध्ययन अवलोकन भ्रमण गराएको छ ।

अध्ययन अवलोकन भ्रमणमा जनप्रतिनिधि समाजसेवी तथा स्थानियहरुको सहभागीता रहेको थियो ।जहदा सामुदायिक पुस्ताकालयको आयोजना र बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले स्थानिय पर्यटन प्रवर्द्धनका लागि सबै संघ सस्थाहरु एकजुट हुनु पर्ने बताउदै धार्मिक एवम् पर्यटिकय धरोहरको प्रवर्द्धनमा हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।नगरपालिकाले स्थानिय पाठ्यक्रममा समेत नगरका धार्मिक एवम् पर्यटकिय स्थलहरु समेटेका हुनाले बिद्यार्थी एवं किशोरकिशोरीहरुका लागि अवलोकन मनोरञ्जन सगै नया सिकाईको माध्ययम हुने बताउनु भयो ।

नगर उपरमुख रुद्र प्रकाश उपाद्यायले आन्तरिक नगर भित्रका सबै महत्वपूर्ण स्थलहरुका आ आफ्नै विशेषता भएकाले यसको संरक्षण र प्रवर्द्धनका बारेमा समेत सबैलाई जानकारी गराउनु पर्ने बताउनु भयो ।

बुद्धमंगल तालबाट सुरू गरीएको अवलोकन भ्रमण रामजनकी मन्दिर, वनदेवी, कञ्चनगढी, सिमसार हुँदै सहिद पार्कमा पुगिएको थियो ।

सम्बन्धित वडाका सरोकारवाला र जनप्रतिनिधिहरुले सम्बन्धित स्थलहरुको पृष्ठभुमि बताउनु भएको थियो ।जहदा सामुदायिक पुस्तकालयका अध्यक्ष सुरज केसिले अतिरी ज्ञान र अनुभवका लागि किसोरकिसोरीहरुलाई अध्ययन अवलोकन गराईएको उल्लेख गर्दै किताबी ज्ञान मात्रै नभै ब्यवहारिक बस्तुगत ज्ञानका लाई अवलोकन गराईएको जानकारी दिनुभयो ।

अवलोकन भ्रमणमा नरबहादुर चौ. दिपप्रकाश लोहनी, देवमा बुढामगर , चनबहादुर बुढामगरर बिमला गुरूङ र राजु मिश्र लगायतको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस