नवलपरासी,पश्चिम्
पश्चिम नवलपरासीकोरामग्राम नगरपालिकामा होमस्टे निर्माण हुने भएको छ । वडा नम्बर १४ मा रहेको हडहिया पोखरीमा होमस्टे (घरवास)निर्माण हुने भएको छ ।पछिल्लो समय होमस्टे लोकप्रिय बन्दै गैरहेपछि स्थानिय रुपमा आयाअर्जनको माध्यम सगै समुदायको परम्परागत सस्कृती संरक्षणमा टेवा पुग्ने भएकाले नगरपालिका यो अवधारणा अघि सारेको हो ।
मङ्गलबार लुम्बिनी प्रदेश सरकार र रामग्राम नगरपालिका बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्य र रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवको उपस्थितमा उक्त सम्झौता भएको हो ।
पर्यटन प्रवर्द्धनका लागि शहर केन्द्रीत लगानी भैरहदा ग्रामिण दुरदराजका बस्तीहरुमा होमस्टेको अवधारणाले त्यहाँको भाषा, कला, संस्कृति, संस्कार, रीतिरिवाज, परम्परा, खानपान, संस्कार र सभ्यता को संरक्षणमा ठूलो टेवा पुग्दछ ।
कुल २ करोड रुपैयाँ बराबरको सम्झौता रकममा ९२ लाख रुपैयाँ रामग्राम नगरपालिकाको लागत साझेदारी रहने छ भने बाँकी १ करोड ८ लाख रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराउने छ ।
थारू समुदायको बाहुल्य रहेका उक्त क्षेत्रमा जिविकोपार्जनमा टेवा पुर्याउँदै स्थानीय स्तरमा रोजगारी सृजन गर्न उक्त सम्झौता कोसेढुङ्गा सावित हुने रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले बताउनुभयो ।
पर्यटन प्रर्वद्धन गर्दे स्थानीय स्तरमा रोजगारी सृजना गर्न नयाँ परियोजना सञ्चालनको योजना बनाएपनि बजेट अभावका कारण समस्या हुँदै आएकोमा प्रदेश सरकार सँगको समन्वयमा होमस्टे सहितको कार्यक्रम सञ्चालन गर्न सम्भव भएको नगर प्रमुख यादवले बताउनुभयो ।
“भौतिक बिकास मात्रै बिकास होईन हाम्रा सस्कृती भाषाको संरक्षण गर्दै नयाँ पुस्तालाई पनि यसको जानकारी दिन पनि होम्स्टेले मद्धत पुर्याउछ,यादवले भन्नू भयो।
तिनै तहका सरकारले नवितम कार्यक्रम सञ्चालन गर्न सके स्थानीय जनताको जीवनस्तर सुधार हुनुका साथै पर्यटन प्रर्वद्धन मार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने नगर प्रमुख यादवको भनाई छ ।
सो क्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले निर्माण कार्य समयमै सम्पन्न गरेर रामग्राममा नमुना घरबास कार्यक्रम संञ्चलान गर्न आग्रह गर्नुभयो । स्थानीय सरकार सँग साझेदारी गर्दे प्रदेश सरकार अगाडि बढ्न तयार रहेको बताउँदै उहाँले स्थानीय तहको सक्रियताले ठूला योजना सहज रुपमा कार्यान्वयन गर्न सम्भव हुने बताउनुभयो ।
होम्स्टे निर्माण हुने भएसगै स्थानियहरु हर्षित बनेका छन ।पछिल्लो समय नगरपालिकाका नया योजनाहरु अघि सार्दै आएको छ ।