बर्दघाट
मृगौला पिडित बचाउ महा अभियानमा नागरिकहरुले उत्साह पुर्ण रुपमा सहयोग गरेका छन ।अभियानका संयोजक नगरप्रमुख शम्भुलाल श्रेष्ठ सहितको अभियान टोलि नागरिकको घरदैलो मै पुगेर सहयोग रकम संकलन गरिरहेका छ्न ।
वडागत कार्यतालिका बनाएर मृगैला पिडिउ उपचार सेवा कार्यदलका ,सहिद स्मृतिमा अस्पतालका पदाधिकारीहरुको संयुक्त टोलि सक्रियताका साथ घराआगनमै पुगेर स्वस्फूर्त रुपमा प्राप्त सहयोग संकलन गरेका हुन ।बर्दघाट १४ मा रहेको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा प्राप्त डायलासिस सेवा सञ्चानका लागि महा अभियानको सुरुवात गरिएको हो ।
“एक घर एक हजार हाम्रो अभियानको नारा हो हामिले त्यो भन्दा न्युनतम र अधिकतम रकम पनि स्वेच्छिक रुपमा दिनेहरुबाट लिएका छौ,करकाप छैन,सक्नेले गर्नुहोस”नगर प्रमुख श्रेष्ठले भन्नु भयो ।
अस्पतालमा डायलायसिस मेसिन भएपनि सञ्चालनमा ल्याउन आर्थिक अभाव भएका कारण मृगौला पीडित बचाउ अभियानका लागी सहयोग रकम सङ्कलन सुरु गरिएको हो ।पुण्य कर्म भन्दै एकै घर परिवारले ५० हजार बढी रकम समेत सहयोग गरेका छन ।अभियानलाई तिव्रताका साथ पारदर्शी रुपमा अघि बढाईएको अस्पतालका अध्यक्ष डिबि थापाले बताउनु भयो ।
महाअभियानमा विद्यालय,सहकारी,बैंक,बित्तिय संघ सस्था,विभिन्न कम्पनी लगायत सबैलाई जोडिने अभियानका सह संयोजक सुक बहादुर गुरुङले बताउनु भयो ।चर्को घामको समेत प्रवाह नगरी अभियान टोलि घरदैलोमै पुगेको हो ।अभियान टोलि मृगौला पिडित बिरामीहरुको घरमा समेत पुगेका छन ।डायलासिस गरिरहेका बिरामिहरुले समेत खुसि हुँदै अभियानलाई सहयोग गरेका छ्न ।अभियान टोलि घरदैलोमा पुग्दा उनिहरु सहित उनिहरुका परिवार समेत भावुक बन्दा सुरु गरिएको अभियानले सार्थकता पाउनेमा अभियन्ताहरु बिश्वस्त देखिएका छ्न ।
डायलासिस सेवा सञ्चालनकालागि १० देखि १५ हजार नागरिकलाई यो अभियानमा जोड्ने लक्ष्य राखिएको छ भने अभियानमा जोडिन सबैलाई आह्वान समेत गरिएको छ ।