ध्रुब प्रधान सहित राप्रपाका तीन सांसदको पीएसओ खोसियो

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ १४, बुधबार (५ दिन अघि)
  • ३४२ पटक पढिएको

काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन सांसदको व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) खोसिदिएको छ । सांसद ध्रुवबहादुर प्रधान, प्रमुख सचेतक ज्ञानेन्द्र शाही र पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहको पीएसओ आज फिर्ता बोलाइएको हो ।

सिंहले आफूले किन फिर्ता बोलाएको भनेर गृहमन्त्री रमेश लेखकलाई सदनमै सोधेको जानकारी दिए । जवाफमा गृहमन्त्री लेखकले गणतन्त्रविरुद्धको आन्दोलनमा लागेपछि राज्यको स्रोत दिन नसकिने बताएको सिंहको भनाइ छ ।

सिंह र प्रधानले एकएक पीएसओ लिएका थिए । प्रमुख सचेतक शाहीले दुई पीएसओ लिएका थिए ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी रमेश थापाले पीएसओलाई नियमित ब्रिफिङका लागि हेडक्वाटर बोलाएको जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस