सडक भासिएपछि दाउन्नेमा गएराति देखि दुईतर्फी राजमार्ग अवरुद्ध

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ १०, शनिबार (१ हप्ता अघि)
  • १३४ पटक पढिएको

नवलपरासी पश्चिम्

दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि  गएराती ११ बजे देखि नै सडक अवरुद्ध हुदा सवारी साधन आउ जाउ गर्न सकेका छैनन यसले यात्रुहरू अलपत्र परेका छ्न ।

खुर्सानी खोला नजिकमा सडक ३० मिटर तल खसेका कारण राजमार्ग दुवै तर्फ अवरुद्ध रहेको छ ।अहिले दुईपाङ्ग्रे सवारीसाधन मात्रै केही मात्रामा आउजाउ गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका ईन्स्पेक्टर नारायण थापाले  जानकारी दिनुभयो ।

सडक अवरुद्ध बनेका कारण एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधन पनि रोकिदा थप कठिनाई भएको छ। त्यहाँ सडक निर्माण गर्न बनाइएको डाइभर्सन समेत बगाएको छ । करिब तीन घण्टा पछि साना हलुका सवारी साधनहरु चल्ने प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस