नवलपरासी
पूर्वि नवलपरासी स्थित मध्यविन्दु नगरपालिका वडा नम्बर ७ र ८ जोड्ने चोरमाराको गिरवारी खाेला पुल दबिएको छ ।पुल दबिदा पुलको भाग भाचिएपछि राजमार्ग पुर्ण रुपमा अवरुद्ध बनेको छ ।
जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका अनुसार सोमबार पुल भाँसिएपछि दुवैतर्फको सडक बन्द गरिएको छ ।
पुलको मुखमै बस बिग्रेका कारण राजमार्ग एकतर्फि रुपमा सञ्चालन भएको थियो ।म.प्र.०३-००१ क ३१६३ नं.को १८ चक्के कच्चा पदार्थ बोकी होङ्सी सिमेन्ट कम्पनीबाट बिरगंज तर्फ जादै गरेको टेलर लगायत अन्य सवारी साधनहरु होल्ड हुँदा सवारी साधनहरुको लोडको कारण उक्त गिरुवारी खोलाको पुलको बिच भाग केही दबेको प्रहरीले जनाएको छ ।
सवारी साधनहरु आवत-जावतमा जोखिम भएको हुँदा दुबै तर्फ रोक लगाईएको, पुलमा प्रहरी टोली खटिएर बैक्लपिक सडक मार्गको लागि पहल भईरहेको प्रहरीले बताएको छ ।पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वकै दुम्कीवासको फलामे पुल भाँच्चिएको ४ महिना पछि त्यस्तै प्रकृतिको चोरमारा पुल भाँच्चिएको हो ।