विद्यार्थीलाई बिद्यालयप्रति मोह जाग्ने बाताबरण तयार गरौं :संविधान सभा सदस्य खनाल

  • hamroaakha
  • / शिक्षा /
  • २०८२ बैशाख २८, आईतबार (४ महिना अघि)
  • १७३ पटक पढिएको

सन्धिखर्क।संविधान सभा सदस्य एवम् नेपाली काङ्ग्रेस लुम्बिनि प्रदेशका महामन्त्री बिक्रम खनालले समाज रुपान्तरण मुख्य सम्बाहक नै शिक्षा भएको उल्लेख गर्दै विद्यार्थीलाई बिद्यालय जान प्रेरित गर्ने बाताबरण तयार गर्नु पर्नेमा जोड दिनु भयो ।

अर्घाखाँची २ मा रहेको गङ्गा आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्दै खनालले नेपालमा शिक्षाको अवसरबाट बन्चित रहेका बालबालिकाको शैक्षिक उन्नयनका लागि लाग्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।

परम्परागत नभै अहिलेको प्रविधियुक्त युगमा विद्यार्थीको शिक्षण सिकाई गतिविधिलाई समयानुकूल बनाउदै लगिनु पर्ने नेता खनालले बताउनु भयो ।सहयोग ठूलो सानोले अर्थ नराख्ने हुँदा सामाजिक सन्देश प्रवाहका लागि यस्ता गतिविधिहरु गर्नु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा विद्यालयका शिक्षक स्थानिय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस