नवलपुर
बैकल्पिक बाटोका लागि पूर्व पश्चिम राजमार्ग अन्तर्गत दुम्किवासमा बिनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध बनेको छ ।
विनयी खोलाको पुल भाँचिएपछि खोलामा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आए पनि शुक्रबार बिहान आएको बाढीले डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
हलुका सवारी साधनलाई होङ्सी सिमेन्ट गेट हुँदै वैकल्पिक मार्गबाट पठाइएको र अन्य यातायातका साधन भने रोकिएको प्रहरीले जनाएको छ ।
डाइभर्सन पुन: बनाउने प्रयास भइरहेको र सडक डिभिजन सग कुरा भैरहेको जिल्ला प्रहरीको भनाइ छ । विनयी खोलमाथिको पुल भासिएको ३ महिनाभन्दा बढी समय भइसक्दा पनि मर्मत नहुँदा खोलामा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको हो ।