विद्यार्थी संगठनले भने : पाठ्यपुस्तक परिवर्तनमा आर्थिक चलखेलको आशङ्का

  • hamroaakha
  • / शिक्षा /
  • २०८२ बैशाख १०, बुधबार (६ दिन अघि)
  • १०४ पटक पढिएको

नवलपरासी,पश्चिम्

शैक्षिकसत्र फेरीए सगै नवलपरासीका सस्थागत विद्यालयहरुमा पाठ्यपुस्तकहरु पनि फेरीएका छ्न।प्रत्येक बर्षजसो पाठ्यक्रम फेरीनुले यतिबेला जनस्तरमा र आम अविभावमा आर्थिक चलखेल होकि भन्ने आशङ्का उब्जाएको छ ।

जिल्लामा रहेका दुई विद्यार्थी संगठन नेविसंघ र अनेरास्ववियुले प्याब्सनले गरेको पाठ्यपुस्तक परिवर्तनमा आर्थिक चलखेल भएको आशङ्का उब्जिएकाले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै संयुक्त बिज्ञप्ती जारी गरिएको छ ।

“पाठ्यक्रम परीवर्तन नभै प्रत्येक बर्ष नयाँ पब्लिकेसन्सका पुस्तकहरु लगाउने ,भर्ना शुल्क वृद्धि गर्ने लगायतका कार्यले विद्यार्थी एवं अविभावकहरु मर्कामा परेको व्यापक जनगुनासो प्राप्त भएको छ ।पाठ्यपुस्तक परिवर्तनमा कमिसन बापत पब्लिकेसन सग मोटो रकम लिएको हल्ला चलेको छ “संयुक्त बिज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित निकायले यो बिषयलाई गम्भीरतापुर्वक नलिए,नसच्याए कडा भन्दा कडा आन्दोलनमा उत्रने निवेससंघ जिल्ला सभापति कमल बस्याल र अनेरास्ववियुका अध्यक्ष सन्जय मौर्यद्वारा हस्ताक्षरित संयुक्त बिज्ञप्तिमा जनाईएको छ ।

यता प्याब्सन नवलपरासीका अध्यक्ष डम्बर गुरुङले भने बजारमा आएजस्तो हल्ला निराधार भएको बताउनुभयो ।बरु प्याब्सनको भवन निर्माणकाका लागि पब्लिकेसन्सहरु सग सहयोग मागिएको उनको भनाई छ ।”सस्था हो सहयोग माग्नु ठूलो बिषय हैन तर एक रुपैया कसैबाट लिएको छैनौ यो सबै हल्ला मात्रै हो “अध्यक्ष गुरुङले भन्नुभयो।

नयाँ पब्लिकेसनका पुस्तकहरु ल्याएबापत बिक्रेताहरुलाई पब्लिकेसनहरुले राम्रै कमिसन दिने गरेका छ्न यो ब्यवसायिहरुला लागि स्वभाविक भएपनी हरेक बर्षको पुस्तक परिवर्तनले अविभावक र विद्यार्थीहरु मर्कामा पर्दै आएका छ्न भने यतिबेला यसको चौतर्फी बिरोध भएको छ ।यद्यपि आशङ्का गर्ने आधारहरू भने पर्याप्त देखिएको सरोकारवालाहरु नै बताउछ्न ।

चल्खेलमा जोडिएको भनिएका एक पब्लिकेसनका सञ्चालकले आफ्ना पुस्तकहरू स्वतन्त्र रुपमा बजारमा किन्न पाईन्छ हाम्रा पुस्तकहरु बजारमा गएका छन कुन पब्लिकेसनको किन्ने नकिन्ने उहाँहरुकै हातमा रहेको ती पब्लिकेसन्स सन्चालकको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस