७ दिनमा पुर्ण रुपमा हुलाकी सडकको काम सुरु नगरे ठेक्का रद्ध गरिने प्रतिबद्धता

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८१ फागुन २६, सोमबार (१ महिना अघि)
  • २०९ पटक पढिएको

 

नवलपरासी

हुलाकी राजमार्ग योजना निर्देशनालयले पश्चिम् नवलपरासीको नारायण चोक देखि बेलाटारी सम्मको झन्डै ६ दशमलव ५ किलोमीटर अलपत्र हुलाकी सडकको काम एक हप्ता भित्र सुरु गरिने बाताबरण तयार गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवको नेतृत्वमा आज हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुमा धर्ना सहित सडक निर्माण गर्न दबाब दिईएको छ ।पटक पटक आन्दोलन गर्दा समेत लिखित सहमति कार्यान्वयन नभएको भन्दै योजना कार्यालय कपिलवस्तु घेराउ गरिएको गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताउनु भयो ।

हुलाकी राजमार्ग योजना कार्यालयका तर्फबाट निमित्त कार्यलय प्रमुख ईन्जिनियर पवित्रमणि आचार्यले ७ दिन भित्र पुर्ण रुपमा काम सुरु गर्ने र काम सुरु नगरे खरिद ऎन र प्रचलित कानुन बमोजिम ठेक्का रद्ध गर्ने लिखित प्रतिबद्द्ता व्यक्त गर्नु भएको छ ।

स्थानिय,राजनीति दलका प्रतिनिधि र जनप्रतिनिधिले हुलाकी राजमार्ग योजना कार्यालय अघि तत्काल काम सुरु गर्न माग गर्दै नाराबाजी समेत गरेका छन ।महालक्ष्मी बज्रगुरु ललितपुरले सडक निर्माणको ठेक्का पाएको हो तर ६ बर्ष हुँदा समेत निर्माण आधा समेत सकिएको छैन ।पटक पटक सहमति भएर समेत काम नभएपछी अहिले पनि काम नहुने होकि भन्ने स्थानीयले आशङ्का व्यक्त गरेका छ्न ।

ताजा अपडेट

खोजी गर्नुहोस